बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

२४ घण्टामा १७४१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि

सोमबार, १० कात्तिक २०७७, १८ : ३०
सोमबार, १० कात्तिक २०७७

पछिल्लो २४ घण्टामा १७४१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ५ हजार ६ जनाको पीसीआर परीक्षण गर्दा १०६४ पुरुष तथा ६७७ महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कूल संक्रमितको संख्या १ लाख ५९ हजार ८३० जना पुगेको छ । हाल ४३ हजार २९३ जना सक्रिय संक्रमित रहेका छन् ।

यही अवधिमा ४ हजार ५ जना निको भएका छन् । हालसम्म निको हुनेको संख्या १ लाख १५ हजार ६७५ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १५ जनाको मृत्यु भएको छ । कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउनेको कूल संख्या ८६२ पुगेको छ । नेपालमा कोभिड–१९ को मृत्युदर ०.५ प्रतिशत रहेको छ ।

हाल ३२ हजार ६०७ जना होम आइसोलेशनमा रहेका छन् भने २८५ जनाको आइसीयू तथा ६४ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप