मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

जब दिदीबहिनी दाजुभाइ बनेर घर फर्किए...

सोमबार, १० कात्तिक २०७७, १३ : ३९
सोमबार, १० कात्तिक २०७७

‘इस्लामादबाट केटा बनेर गुजरात पुगेको छु । यस कुराले मलाई यति धेरै खुसी छ, म बयान गर्न सक्दिनँ । मलाई सानैदेखि केटीको लुगा मनपर्दैन थियो । मेरो काम र बानी केटाजस्तै थियो । मेरा सात बहिनी दुई जना भाइ पाएर निकै खुसी छन् । मेरो भाइ मुराद पनि खुसी छ ।’

यो भनाइ पञ्जाब प्रान्तमा गुजराज जिल्लाको सोनबडी गाउँको द्वितीय वर्षका छात्र वलीद आबिदको हो । लिङ्ग परिवर्तन अघि उनको नाम बशरा आबिद थियो । उनको सानो भाइ मुराद आबिद, जो नौ कक्षाको छात्र हो, अपरेशन अघि वाफिया आबिद थियो ।

वलीद र मुरादका आमाबाबुको विवाह सन् १९९३ मा भएको थियो । त्यसपछि उनीहरुकोमा एकपछि अर्को ९ जना छोरीहरुको जन्म भयो । यद्यपि, अहिले दुई जना छोरीहरुले लिङ्ग परिवर्तन गरेपछि उनका सात छोरी र दुई छोरा भएका छन् ।

दुवै दिदीबहिनीको लिङ्ग परिवर्तनको अपरेशन इस्लामाबादस्थित पाकिस्तान इन्सटिट्यूट अफ मेडिकल साइन्सेजको चिल्ड्रेन अस्पतालमा डा. अमजद चौधरीको नेतृत्वमा १२ जना डाक्टरहरुको टोलीले गरेको थियो ।

बीबीसीसँग कुरा गर्दै डा. चौधरीले यसअघि पनि उनले थुप्रैको लिङ्ग परिवर्तनको अपरेशन गरेको तर यो मामिला अन्यभन्दा फरक रहेको जिकिर गरे । दुई जनाले पछिल्लो दुई वर्षदेखि त्यहाँ उपचार गरिरहेका थिए । उनका अनुसार एकैपटक दिदीबहिनी वा दाजुभाइको त्यहाँ कहिल्यै पनि अपरेशन गरिएको थिएन ।

‘चौधरी भन्छन्, ‘हामीले दुई जनाको अलग–अलग अपरेशन गरेका हौँ । वलीदको अपरेशन २० सेप्टेम्बरमा गरिएको थियो । उनलाई त्यसपछि आइसीयूमा राखियो । जब अपरेशन सफल भएको सुनिश्चित भयो । त्यसपछि हामीले १० अक्टुबरमा मुरादको अपरेशन गरेका थियौँ ।’ उनका अनुसरा यो अपरेशन ६ घण्टामा चलेको थियो जसमा समय–समयमा कयौँ डाक्टर सामेल भएका थिए । दुई भाई २१ अक्टुबरमा घर फकिएका थिए ।

एबोटाबाटस्थित अयूब टिचिङ अस्पतालका डाक्टर जुनैदका अनुसार केही बच्चाको लिङ्ग जन्मको बेला स्पष्ट हुँदैन । यसकारण बच्चाको यौनाङ्गले स्पष्ट आकार लिन पाउँदैनन् । यदी यस्ता बच्चामा दुवै लिङ्गको विशेषता भयो भने यस्तो ममिलामा जन्मने बच्चामा ‘एटिपिकल जेनेटेलिया’ नामक बिमारी हुनसक्छ ।’ उनका अनुसार यस्ता बिमारी आमरुपमा जन्मजात हुन्छ र यस्तो स्थितिमा विशिष्ट अंग र यौन विकासको बाटोमा अवरोध हुन्छ ।

डा. चौधरीका अनुसार यो बिमारी निकै कममा देखिन्छ । लगभग ०.५ देखि ७ प्रतिशतमा । उनी भन्छन्, ‘यो केसमा दुवै केटी नै थिए । तर, उनीहरुमा केटीको कुनै विशेषता नै थिएन । उनका अनुसार निश्चित उमेर पुगेर पनि उनीहरुमा महिनावारी सुरु नै भएको थिएन । जब उनकी आमाले उनको गुजरातस्थित अस्पतालमा जाँच गराइन् तब उनीहरुलाई पीआईएमएस चिल्ड्रेन अस्पतालमा रिफर गरिएको थियो ।

शुरुवाती परीक्षणपछि उनीहरुलाई ‘एटिपिकल जनेटेलिया’ भएको पत्ता लाग्यो । उनीहरुलाई लिङ्ग परिवर्तनको अपरेशनको आवश्यकता भएको देखियो । यसका लागि उनीहरुको यौनाङ्गलाई अपरेशनको माध्यमबाट सामान्यस्थितिमा ल्याइयो ।

डा. चौधरीका अनुसार अपरेशनअघि र पछि उपचारको आवश्यकता पर्छ । अपरेशनअघि महत्त्वपूर्ण मनोवैज्ञानिक परीक्षण र काउन्सिलिङ गरिन्छ र अपरेशनपछि केही समय औषधीको माध्यमबाट हर्मोन पैदा गरिन्छ ।

डा. चौधरीले यसअघि पनि धेरैको अपरेशन गरेको र उनीहरुले अपरेशनपछि सामान्य जीवन बिताइरहेको जानकारी दिए ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप