ललितत्रिपुरसुन्दरीको काशीमा कीर्तिस्तम्भ

भारतको काशीमा जम्मा तेइस हजारजति मन्दिर छन् । यहीँबाट बग्ने गङ्गा नदी काशीको महत्वपूर्ण आकर्षण मानिन्छ । भागीरथी गङ्गा नदीको माझ अथवा भनौँ केन्द्रीय भाग धनु जस्तै भएर गुलेलीको आकारमा रहेको छ । त्यसैले त्यो काशीकै एउटा आकर्षक, लोभिलो र मनमुग्धकारी ठाउँ मानिन्छ । साथै त्यो भाग विश्वनाथ मन्दिको पनि छेउ पर्दछ । त्यसैले यसै क्षेत्रको केही भाग नेपालका राजा रणबहादुर शाहले काशी नरेशबाट प्राप्त गरेका थिए । त्यो ठाउँ लिएपछि शाहले त्यहाँ नेपालीघाट निर्माण गर्नुका साथै मठ, मन्दिर र धर्मशाला बनाएका थिए । पछि नेपालीघाटलाई उनकी रानी ललितत्रिपुरसुन्दरीले जीर्णोद्धारद्वारा अझ परिष्कृत गर्नका साथै मठ, मन्दिर र धर्मशाला बनाएकी थिइन् । त्यसपछि त्यही नेपालीघाटलाई ललिताघाट१ भन्न थालियो । वनारस हिन्दु विश्वविद्यालयको सङ्ग्रहालयमा टाँगिएको विशाल तैलचित्रमा समेत ललिताघाटको नाउँ र स्थान कोरिएको छ । रणबहादुर शाहले काशी नरेशबाट यो ठाउँ प्राप्त गरेपछि ललिताघाट क्षेत्र नेपाल राष्ट्रकै अधिनमा रहिआएको छ ।
काशी भन्नु एउटा प्राचीन, पौराणिक र पूण्य स्थल मानिन्छ । स्कन्ध पुराणमा समेत ‘काशी खण्ड’ भनेर विशेष पाठ खोलिएको छ । काशीमा दैवको विशेष कृपा पनि रहेको भनिन्छ । किनभने काशीमा अहिलेसम्म भूकम्प गएको छैन । यस ठाउँलाई भूकम्प निरोधक मानिन्छ । ‘महादेवको त्रिशूलमाथि यो शहर अडिएकाले यसलाई भूकम्पको असर नपरेको किंवदन्ती छ ।’२
मठमन्दिरको सहरका रूपमा नै प्रसिद्ध छ । काशीको ललिताघाट क्षेत्र अन्तर्गत रणबहादुर शाह, उनका रानीहरू र छोरानातिद्वारा धर्मशाला लगायत मठ मन्दिरहरू निर्माण गरिएका थिए । त्यहाँ प्रमुख रूपमा रहेका मन्दिरहरू हुन्— १. ललिता गौरी मन्दिर २. विष्णुलक्ष्मी मन्दिर ३. रणकेश्वर मन्दिर ४. सम्राज्येश्वर पशुपतिनाथ मन्दिर ५. राजराजेश्वरी मन्दिर ६. गङ्गाआदित्य महादेव मन्दिर ७ गङ्गादेवी मन्दिर । साथै त्यसै ठाउँमा एउटा ‘नेपाली धर्मशाला’ पनि बनाइको थियो । नेपाली शैलीको कलात्मक त्यो धर्मशाला काशीकै एउटा विशेष आकर्षण पनि मानिन्छ ।
ललिताघाटदेखि सिधै माथि सुप्रसिद्ध काशी विश्वनाथ मन्दिर विराजमान छन् । सोही मन्दिरमा अनवरत रूपमा चढाइएको दूध, जल र मह लगायत सम्पूणर् पञ्चामृतजन्य पवित्र तरल पदार्थ बगेर ललिताघाटहुँदै भागीरथी गङ्गामा समाहित हुन्छ । त्यसैले ललिताघाटलाई पवित्रघाट मानिएको छ । साथै यस घाटमा चाहिँ शब दाह पनि गरिदैन ।
ललिताघाटदेखि सिधै माथि सुप्रसिद्ध काशी विश्वनाथ मन्दिर विराजमान छन् । सोही मन्दिरमा अनवरत रूपमा चढाइएको दूध, जल र मह लगायत सम्पूणर् पञ्चामृतजन्य पवित्र तरल पदार्थ बगेर ललिताघाटहुँदै भागीरथी गङ्गामा समाहित हुन्छ । त्यसैले ललिताघाटलाई पवित्रघाट मानिएको छ । साथै यस घाटमा चाहिँ शब दाह पनि गरिदैन ।
ललितत्रिपुरसुन्दरी धर्मकर्ममा खुबै रुचि राख्थिन् । सनातन हिन्दुधर्मप्रति उनको प्रगाढ श्रद्धा थियो । श्री ५ रणबहादुर शाहको हत्यापछि उनको मोक्षका लागि धर्मकर्म गर्न ललितत्रिपुरसुन्दरी संवत् १८६९ मा काशी गएकी थिइन् । उनले काशीको ललिताघाटको मर्मत, सम्हार र विकासका अतिरिक्त त्यस क्षेत्रमा केही मन्दिर, देवदेवल र धर्मशाला आदिको स्थापना गरेकी थिइन् । त्यही ठाउँमा उनले रणकेश्वर महादेव, विष्णुलक्ष्मी र गौरीको पनि प्रतिमा थापिन् । उनैले ती प्रतिमाको पनि प्राण प्रतिष्ठा गराएकी थिइन् । पछि गौरीसँग उनको समेत नाउँ जोडेर मन्दिरका पुजारी र भक्तहरूले ‘ललिता गौरी’का नाउँमा पूजा गर्न थाले र त्यो रीत अझै कायमै छ । विष्णुलक्ष्मीका प्रतिमाको स्वरुपचाहिँ विष्णु आराम गर्न ढल्केका र लक्ष्मीले विष्णुको पाउ समाएकी छिन् ।
साउन, भदौको गङ्गाको बाढीले देवीदेउता छोपिने भएकाले नित्य पूजाका लागि ललितागौरी मन्दिरकै छतमा रणकेश्वर शिवलिङ्ग र गौरीको पाउको पादुका स्थापना गरियो । विशेष गरेर रणबहादुर शाहको मुक्तिका लागि नै उनकी कान्छी रानीबाट रणकेश्वर महादेवको स्थापना गरिएको थियो ।
ललितत्रिपुरसुन्दरी झन्नै दुई वर्ष काशीमा बसिन् । त्यहाँ बस्ता उनले धार्मिक ज्ञान, अलौकिक शक्ति र शास्त्रका कुराग्रहण गरेकी थिइन् । विविध धार्मिक कृत्य गर्नुका साथै विद्वत् समुदायको अर्ति, ज्ञान र उपदेश लिएर उनी नेपाल फिरिन् । त्यस बखत उनी बाइस बर्षकी थिइन् । काशीबाट नेपाल आएर उनले ‘राजधर्म’को अनुवाद गर्न थालिन् । त्यो कार्य पूरा गर्न उनलाई दस वर्ष लागेको थियो । अनि त्यही ग्रन्थ नै नेपाली नारी स्रष्टाकृत प्रथम कृति हुन गयो ।
ललितत्रिपुरसुन्दरीसँगै नेपालबाट काशी गएका रामकृष्ण दास नाउँ गरेका पुजारी थिए । ती पुजारीलाई चाहिँ त्यहीँका देवीदेवलको पूजा गर्न र ललिताघाट क्षेत्रको रेखदेख गर्न रानीले काशीमै छाडेकी थिइन् । उनी त्यहाँ ३२ वर्ष जति बसे । त्यसपछि त्यस कार्यका लागि हिरालाल झा, श्रीराम पर्शुराम वैद्य, प्रयागराज कार्परदार खटिएका थिए । नेपाल सरकारले उनीहरूलाई काशीमै तलबी पुजारी र कारिन्दाको काम दिएको थियो । साथै त्यसपछि पनि ललिताघाटका नेपाली पुजारी र सेवकलाई नेपाल सरकारले तलवभत्ता प्रदान गदै आएको छ ।
ललितागौरी मन्दिरको छतमा रणकेश्वर महादेव अथवा तीन ओटा शिवलिङ्ग र ललिता गौरी माताको चरणको शिला रहेको ठाउँको अतिक्रमण हुन थाल्यो । त्यस ठाउँमा सिमेन्टको छाना लगाई उक्त मन्दिरलाई अनाधिकृत रूपमा आवासमा परिणत गरिएको पाइयो । अन्वेषक गोपाल झाका अनुसार ‘ललितादेवी मन्दिरमाथि मौनी बाबाको मठ निर्माण भयो ।’३ त्यस ठाउँमा सिद्ध बाबा भनिने तिनै मौनी बाबाले आफ्नो आसन जमाउन थाले । यतिहुँदाहुँदै पनि रणकेश्वर महादेव र गौरी माताको चरणको पूजा यथावतै हुँदै आएको थियो ।
ललितागौरी मन्दिरको छतमा रणकेश्वर महादेव अथवा तीन ओटा शिवलिङ्ग र ललिता गौरी माताको चरणको शिला रहेको ठाउँको अतिक्रमण हुन थाल्यो । त्यस ठाउँमा सिमेन्टको छाना लगाई उक्त मन्दिरलाई अनाधिकृत रूपमा आवासमा परिणत गरिएको पाइयो । अन्वेषक गोपाल झाका अनुसार ‘ललितादेवी मन्दिरमाथि मौनी बाबाको मठ निर्माण भयो ।’ त्यस ठाउँमा सिद्ध बाबा भनिने तिनै मौनी बाबाले आफ्नो आसन जमाउन थाले ।
उमेरकै कारण मौनी बाबा अशक्त हुँदै गए । त्यसै कालखण्डमा उनी बिरामी भए । अनि उनको सेवार्थ स्थानीय थानाचोक वरिपरि बालुवा बोकेर जिविका गर्दै आएका ज्यामी गुलाव यादव भित्रिएका थिए । यादव भित्रिएको केही दिनमा नै मौनी बाबाले निर्वाण प्राप्त गरे । त्यसपछि यादव त्यस ठाउँको हर्ताकर्ता बने । श्री साम्राज्वेश्वर पशुपतिनाथ महादेव मन्दिर तथा धर्मशाला संचालक समिति (ट्रष्ट) का प्रबन्धक रोहित ढकालका अनुसार ‘संवत् २०४० देखि यादवले त्यस ठाउँलाई पूणर्रुपमा आफ्नै अधनिमा राखे ।’ साथै त्यहाँ उनले जनसाधरणलाई जान र पूजा गर्न समेत रोक लगाइदिए । त्यतिमात्र होइन, त्यस ठाउँलाई आफ्नो स्वामित्व देखाउन गुलाव यादव युद्धस्तरमा लागे ।४ यस युद्धको विजयका लागि उनले ललिताघाटका पुराना पुजारी श्रीरामपर्शुराम वैद्यलाई जालझेल र प्रपञ्च गरेर आफ्नो बुबा बनाए । उत्तरप्रदेश सरकार, वाराणसीस्थित कार्यालयका कर्मचारीलाई लोभानीपापानी गरेर त्यही अड्डाबाट आफ्नो बुबा श्रीरामपर्शुराम वैद्य भारतीय हुन् र २०५८ साल माघ १७ गते वनारसमा नै उनको निधन भएको हो भनेर उनले प्रमाणपत्र पनि लिए ।५ त्यसपछि बुबाको जेथा भनेर उनले ललिताघाटस्थित ललितागौरीको चरण मन्दिर र रणकेशर मन्दिरको धनीपूर्जा आफ्ना नाउँमा लिए । कर्मचारीसँग मिलीभगत गरेर उनले अनैतिक काम नै गरे । वास्तवमा उनले आफ्नै बुबा भनेर हकदावी गरेका वैद्यचाहिँ नेपालको ललितपुर सानेपामा संवत् १९१५ वैशाख १४ गते जन्मी २००४ असोज ११ गते आफ्नै घरमा स्वर्गीय भएका थिए ।६
नेपाल राष्ट्रकै अधिनमा रहेको ललिताघाटको ललितादेवी मन्दिर माथिको भागलाई अनाधिकृत रुपमा गुलाव यादवले कब्जा गरेपछि यसै बेहोरालाई खामेर यादवलाई त्यहाँबाट धपाउन ललिताघाट क्षेत्रका क्षेत्राधीश स्वामी ओमकारानन्द गिरीले वनारसको रजिष्ट्रार कार्यालय समक्ष पनि अनुरोध गरे ।७
गुलाव यादवले लामालामा दारी, जुँगा पाले । अनि उनले ललिताघाटमा गजानन्द सरस्वती भनेर आफूलाई परिचित गराउन थाले । पूर्ण रूपमा आसन जमाएपछि तिनले ऐतिहासिक र साँस्कृतिक शिवलिङ्ग वा रणकेश्वरमहादेव र ललितागौरीको चरणको शिला कसैलाई चियाउनसम्म पनि दिएनन् । यदि कसैले त्यस ठाउँमा गएर ‘के छ, हेर्छु’ भन्यो भने यादवले एउटा बडेमाको त्रिशूल देखाउँदै त्यसैले झटारो हान्ने झैँ गरेर तर्साएर खेदाउने गर्छन् । यादवको त्यस्तो डरमर्दो कृत्य सुनेरै पनि त्यहाँ रहेको पुरातात्विक शिला हेर्न नरेन्द्रराज प्रसाई तथा इन्दिरा प्रसाई (नइ) त्यस मन्दिरमा पुगे । त्यति बेला बिहानको समय थियो र यादव मन्दिर प्राङ्गणमा व्यायम गररिहेका थिए । त्यसै बखत यादव समक्ष नइ बोले— ‘हामी बाबाको दर्शन गर्न नेपालबाट आएका हौँ ।’ उनीहरूलाई तिनले जङ्गेर भनेका थिए— ‘यहाँ किन आइस् ? तुरून्त भाग् ! भाग् !! नत्र तिमीहरूलाई मारिदिन्छु ।’
गुलाव यादवले लामालामा दारी, जुँगा पाले । अनि उनले ललिताघाटमा गजानन्द सरस्वती भनेर आफूलाई परिचित गराउन थाले । पूर्ण रूपमा आसन जमाएपछि तिनले ऐतिहासिक र साँस्कृतिक शिवलिङ्ग वा रणकेश्वरमहादेव र ललितागौरीको चरणको शिला कसैलाई चियाउनसम्म पनि दिएनन् । यदि कसैले त्यस ठाउँमा गएर ‘के छ, हेर्छु’ भन्यो भने यादवले एउटा बडेमाको त्रिशूल देखाउँदै त्यसैले झटारो हान्ने झैँ गरेर तर्साएर खेदाउने गर्छन् ।
रणकेश्वर महादेव र ललिता गौरी माताको चरणको शिलाको तस्विर खिच्न नइले वनारस बसाईमा अनेक प्रकारका जुक्ति ख्याई रह्यो । प्रयास गरेको पाँचौं दिनमा उनीहरू सो कार्य गर्न सफल भए । संवत् २०७२ चैत २१ गतेको कुरा हो, गुलाव यादवका कारिन्दा शेखरनाथ उपर साम, दाम र भेदको नीतिअनुरूप कार्य गर्न नइ सफल भए । भनौँ शेखर आर्थिक प्रलोभनमा परे । तसर्थ यादव ध्यानमा बसेको समय पारेर नइ ती दुबै कोठाको साँचो खोलेर मन्दिर भित्र पसे । यादवले ललिता गौरीको चरण रहेको मन्दिरलाई सुत्ने कोठा बनाएका रहेछन् । साथै खाटले त्यो शिला पुरै छोपेको रहेछ । अनि रणकेश्वर महादेवको मन्दिरलाई चाहिँ उनले भान्सा कोठा बनाएका रहेछन् । रणकेश्वर महादेवका एकै स्थानमा रहेका तीन ओटा शिवलिङ्गमध्ये एउटा लिङ्ग उखेलिएको डाम देखिन्छ । त्यो शिला कहिले कसले उखेलेर कता पुर्याइएको हो त्यसबारेको सूक्ष्म जानकारी पनि पाइदैन । त्यहाँ भित्रको अवलोकनपछि नइले गौरीको चरण भएको र रणकेश्वर महादेवको फोटो खिचे ।८
नेपाल राष्ट्रको पुरातात्विक सम्पदामाथि ललिताघाट क्षेत्रमा विविध तरिकाले अतिक्रमण भइरहेको अवस्थामा यससँग निकट सम्बन्ध रहेको गुठी संस्थानले पनि यसलाई जोगाउन उचति पहल गरेको देखिएन । खास गरेर नेपाल सरकारले सनातनी साँस्कृतिक तथा धार्मिक सम्पदाको रक्षाका लागि गतिलो पहल गर्न नसक्नु नेपालका लागि दुक्ख, बिस्मात, ग्लानिको विषय हुँदैहो । ललिताघाट क्षेत्र नेपाल सरकार, संस्कृति मन्त्रालयको प्रत्यक्ष संरक्षणमा रहेको छ । नेपाल सरकारले ललिताघाट क्षेत्रको विकास, सम्वर्धन र सुरक्षाका लागि ‘श्री साम्राज्येश्वर पशुपतिनाथ महादेव मन्दिर तथा धर्मशाला सञ्चालक समिति (ट्रष्ट)’ को स्थापना गरेको छ । साथै त्यस संस्थालाई सरकारले नियमित रुपमा बजेट पनि पठाइरहेको छ । नेपाल सरकारले संवत् २०५६ मा उक्त समितिको अध्यक्षमा ललिताघाट क्षेत्रका क्षेत्राधीश श्री १००८ स्वामी ओमकारानन्द गिरीलाई मनोनीत गरेको छ । त्यस संस्थाले त्यहाँको सुरक्षाका लागि नेपाल सरकारलाई जति गुहारे पनि सरकारी पक्ष त्यति दरिलो भएको देखिदैन ।९
रणबहादुर शाहको परिकल्पनामा निर्मित ललिताघाट क्षेत्र हिन्दूधर्म र संस्कृतिका लागि गौरवपूणर्को स्थल हो । साथै यो ठाउँ तीर्थयात्रीका लागि थप प्रेरक र सुविधाधाम समेत बनेको छ । राजाले राखेको बिउलाई सुरक्षित उमार्न निजकी कान्छी रानीले आफ्नै कला, सीप र सौन्दर्यको एउटा ब्याड बनाएकी थिइन् ।
रणबहादुर शाहको परिकल्पनामा निर्मित ललिताघाट क्षेत्र हिन्दूधर्म र संस्कृतिका लागि गौरवपूणर्को स्थल हो । साथै यो ठाउँ तीर्थयात्रीका लागि थप प्रेरक र सुविधाधाम समेत बनेको छ । राजाले राखेको बिउलाई सुरक्षित उमार्न निजकी कान्छी रानीले आफ्नै कला, सीप र सौन्दर्यको एउटा ब्याड बनाएकी थिइन् । सोही व्याडमार्फत ललिताघाट क्षेत्र थप उज्यालो हुन गयो । त्यतिमात्र नभएर प्रथम नारी स्रष्टा ललितत्रिपुरसुन्दरीको धार्मिक तथा साँस्कृतिक योगदानको कृतिस्तम्भ नेपाल राष्ट्रमा मात्र सीमित नभएर छिमेकी मित्र राष्ट्र भारतमा समेत जनप्रिय हुनका साथै सम्मानित रुपमा परिचालित भयो ।
फुटनोट
- ललिताघाटबारेको शिलालेख
ललिता घाट— ‘मां गंगा के पावन तट पर मीरघाट एवं जलाओ नी घाट के मध्य ललिता तीर्थ तथा घाट के ऊपर गली मे ललितादेवीका मन्दिर (डी 1/66) होने से इस घाट का नाम लातिताघाट हुआ । बीसवी सदी ई के आरम्भ तक यह घाट तीन भागों में क्रमशः नेपाली घाट तलिता घाट एवं राजराजेश्वरी घाटके नाम से जाना जाता था । कालान्तर में नेपाली एवं राजराजेश्वरी घाटों का स्वतत्रं अस्तित्व समाप्त होगया । घाट पर स्थित प्रमुखभवनों में सिद्धिगिरि मठ (डी 1/58) उमराबगिरि मत (सीके ज्ञण्रघछ) मोक्ष भवन तथा नेपाल के राजा द्वारा निर्मित नेपाली काठी (काष्ठ निर्मित) मुरव्य है एव प्रमुख मन्दिरों में ललिता देवी तथा राजराजेश्वरी (पौगोडा शैली) मन्दिर है । काशी में स्थित नेपाली मंदिर पशुपति नाथ मंदिर (काठमांडू नेपाल) का प्रतीक है । सौजन्य सेः उ.प्र.पर्यटन, वाराणसी ।’
२. गोपाल झा प्राचीन नेपाल, पुरातत्व विभाग (असार २०६५)
३. गोपाल झा प्राचीन नेपाल, पुरातत्व विभाग (असार २०६५) ।
४. साम्राज्येश्वर पशुपतिनाथ महादेव मन्दिर तथा धर्मशाला सञ्चालक समिति (ट्रष्ट)ले सन् २०१७ मई २९ मा भारतीय नेपाली दूतावासलाई लेखेको पत्रअनुसार ललिता गौरीको मन्दिर मात्र नभएर त्यो क्षेत्र नै कब्जा गर्ने गुलाव यादवको ध्येय रहेको पाइन्छ । पत्रमा उल्लेख भएअनुसार— ‘...श्री गुलाव यादव ... विस्तारै मन्दिर, धर्मशाला एवम् वृद्धाश्रम कब्जा गर्ने तरखरमा छन् । ... यहाँको अवस्था भयावह छ ... ।’
५. उत्तरप्रदेश सरकारबाट ३० जनवरी २००२ (२०५८ माघ १७ गते) श्रीरामपर्शुराम वैद्यको भारतमा मृत्यु भएको प्रमाणपत्र ।
६. नेपाल सरकार, पुरातत्व विभाग, हनुमानढोका दरबार हेरचाह अड्डा र गुठी संस्थान, केन्द्रीय लगत तथा अभिलेख शाखा कार्यालयबाट २७-९-१९४७ (२००४ असोज ११ गते) श्रीरामपर्शुराम वैद्यको नेपालमा मृत्यु भएको अभिलेख ।
७. वाराणसीको रजिस्ट्रार कार्यालयमा सन् २०१८ जनवरी १९ मा ‘साम्राज्येश्वर पशुपतिनाथ महादेव मन्दिर तथा धर्मशाला सञ्चालक समिति (ट्रष्ट) बाट प्रदत्त निवेदनमा लेखिएको छ— ‘ललिता घाट, दशाश्वमेध, शहर वाराणसी मित्रराष्ट्र, नेपाल की सम्पत्ति है व भारत तथा नेपाल देश के बीच साझा सांस्कृतिक पुरातात्विक विरासत है । जिस पर गजानन्द सरस्वती उर्फ गुलाब यादव ने नगर निगम, वाराणसी के कर्मचारियों से मिली भगत करते हुए मृतक नेपाली नागरिक श्रीरामपरशुराम वैद्य को अपना पिता बताते हुए फर्जी, जाली दस्तावेजो की कूटरचना करते हुए अवैध रूप से श्रीरामपरशुराम वैद्य का मृत्यु प्रमाण (पत्र बनवा लिया है ... ।’
८. नइले खिचेको रणकेश्वर शिवलिङ्ग र ललिता गौरीको पाउको चरणको फोटो हेरेपछि ललिताघाट क्षेत्रका क्षेत्राधीश तथा साम्राज्येश्वर पशुपतिनाथ महादेव मन्दिर तथा धर्मशाला सञ्चालक समिति (ट्रष्ट)का अध्यक्ष स्वामी ओमकारानन्द गिरी, महासचिव प्रा.डा.गोपालप्रसाद अधिकारी र प्रबन्धक रोहित ढकालले आश्चर्य मान्दै एकै स्वरमा भनेका थिए— ‘यो मन्दिर सधैं बन्द गरेर राखिएको थियो । तपाईंहरूको मन्दिर प्रवेश र तस्विर यसरी बाहिर आउनु आश्चर्य र गोरवकै विषय रह्यो । यतिका वर्षसम्म प्रयास गर्दा पनि हामी त्यहाँ छिर्न सफल भएका थिएनौ । साथै त्यहाँ भएका देउताको हामीसँग फोटो नै पनि थिएन । यस अर्थमा यहाँहरू काशी आउनु ठूलै उपलब्धी भएको छ । यो उपलब्धी नेपाली धर्म र संस्कृतिको अभिलेखमा अक्षुण्ण रहने छ ।’
९. नेपाल सरकारको पुरातत्व विभागले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र लेखी साम्राज्येश्वर पशुपतिनाथ महादेव मन्दिर तथा धर्मशाला संचालक समिति (ट्रष्ट) ललिताघाट, वाराणसी, भारतलाई बोधार्थ दिएको बेहोरा अनुसार गुलाव यादवले त्यहाँ दुक्ख दइरहेको पाइन्छ । पत्रमा ‘मन्दिर परिसरमा अवैध रुपले बस्तै आएका गजानन्द नाम गरेका व्यक्क्तिले मन्दिर तथा धर्मशालाका व्यवस्थापनमा अनेक प्रकारका व्यवधान खडा गर्दै धर्मशालाको व्यवस्थापनमा संलग्न व्यक्तिहरुलाई डर धम्की देखाउँदै आएको गुनासो खुलाइएको छ । ...धर्मशाला सञ्चालक समितिका पदाधिकारीहरुलाई सुरक्षापूर्ण अनुभूति र मार्गदर्शन हुन समेत अत्यावश्यक हुने देखिएको’ लेखिएको छ ।
(राष्ट्रिय सङ्ग्रहालय र त्रिपुरेश्वर महादेव मन्दिरमा स्थापित रानी ललितत्रिपुरसुन्दरीको सालिकको अवलोकनका साथै उनको अनुहारबारे लगभग २०० वर्षअघितिर सुन्दरानन्द बाँडाको ‘त्रिरत्न सौन्दर्य गाथा’मा ‘साक्षात् भगवती जगदम्बा’ र वाणिविलास पाण्डेद्वारा ‘बहुत सौंदर्यले युक्त भयाका कैलासविषे विराजमान भयाकी साक्षात् पार्वती जस्ता सुन्दरी’ लेखिएका आधारमा ललितत्रिपुरसुन्दरीको मुहार अङ्कित चित्र नरेन्द्रराज प्रसाईको परिकल्पना तथा निर्देशनमा इन्द्र खत्रीद्वारा निर्मित भएको हो । नइ प्रकाशनबाट ललितत्रिपुरसुन्दरीको मुहार अङ्कित चित्र प्रकाशनमा आउनुअघि उनको चित्र बनेको थिएन ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सशस्त्रका सइ पक्राउ
-
स्वास्थ्य सचिव नियुक्ति : प्रधानमन्त्रीले बाराकोटी, कांग्रेसले मिश्रा च्याप्दा बिचबाट यसरी फुत्किए विकास
-
महेन्द्र मोरङ क्याम्पसका स्ववियु सभापति पौडेलसहित ५ जना पक्राउ
-
मटिहानीमा बन्यो पाँच शय्याको प्रसूतिगृह
-
जहाँ घरमा आगो भित्र्याएपछि मात्र होली सुरु हुन्छ
-
टाइम म्यागेजिनकाे विश्वका सय उत्कृष्ट ठाउँको सूचीमा नेपाल