मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कोरोनाविरुद्धको खोपबारे फैसला डिसेम्बरसम्ममा : फाउची

सोमबार, १० कात्तिक २०७७, ११ : ५०
सोमबार, १० कात्तिक २०७७

अमेरिकाका वरिष्ठ संक्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले कोभिड–१९ विरुद्धको सम्भावित खोप सुरक्षित र प्रभावकारी छ या छैन भन्ने डिसेम्बर महिनासम्ममा थाहा हुने बताएका छन् । तर, व्यापकरुपमा खोप पाउनका लागि सन् २०२१ सम्म पर्खनुपर्ने उनको भनाइ छ ।

‘नोभेम्बरको अन्त्य वा डिसेम्बर महिनाको शुरुवातसम्ममा हामीलाई कोभिड–१९ विरुद्धको खोप सुरक्षित र प्रभावकारी छ भन्ने थाहा हुनेछ,’ फाउचीले बीबीसीसँग कुरा गर्दै भने ।

‘महामारीलाई नियन्त्रण गर्नका लागि जनसंख्याको ठूलो हिस्सालाई खोप लगाउने विषयको कुरा गर्नुहुन्छ भने तपाईंले यसका लागि अर्को वर्षको दोस्रो वा तेस्रो त्रैमाशसम्म पर्खनुपर्नेहुन्छ,’ उनको भनाइ थियो ।

रोयटर्स

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप