मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

कोरोनाको फैलावट रोक्न स्पेनले लगायो देशव्यापी कर्फ्यू

सोमबार, १० कात्तिक २०७७, ११ : २९
सोमबार, १० कात्तिक २०७७

कोरोना भाइरसका संक्रमण फेरि महामारीका रुपमा फैलिएपछि स्पेनले देशव्यापी संकटकाल घोषणा गरेको छ । त्यस्तै रोकथामको प्रयासस्वरुप रातको समयमा कर्फ्यूु घोषणा गरिएको छ ।

प्रधानमन्त्री पेड्रो सान्चेजले आइतबार राति ११ बजेदेखि बिहान ६ बजेसम्म देशभर कर्फ्यू लागुु हुने बताए । त्यस्तै, संकटकालिन मापदण्डअनुसार स्थानीय निकायले क्षेत्रीय स्तरमा पनि भ्रमण प्रतिबन्ध लगाउनसक्ने उनले बताए । अहिले १५ दिनका लागि लागु गरिएको नयाँ नियम ६ महिनासम्म लम्ब्याउनका लागि संसद्सँग माग गर्ने उनले बताए ।

कोरोना भाइरसको पहिलो लहरबाट सर्वाधिक प्रभावित हुने देशमध्ये स्पेन एक थियो । यहाँ निकै कडा लकडाउन पनि गरिएको थियो । पहिलो लहर केही समय नियन्त्रणमा आएपनि अन्य युरोपेली देशजस्तै स्पेन पनि दोस्रो लहरको चपेटामा छ । वल्र्डोमिटरका अनुसार जुनको मध्यतिर यहाँ दैनिक संक्रमितको संख्या घटेर ३ सयको हाराहारीमा थियो । तर, पछिल्लो चार दिनमा दैनिक संक्रमित हुनेको संख्या १९ हजारभन्दा माथि छ । विश्वमा कोरोना संक्रमितको कुुल संख्या १० लाखभन्दा धेरै रहेका आठ देशमध्ये स्पेन एक हो । यहाँ, अहिलेसम्म कुल ११ लाख १० हजारभन्दा धेरैमा संक्रमण पुष्टि भइसकेको छ । ३४ हजार ७ सय ५२ जनाको मृत्यु भइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप