मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

मिथिलाञ्चलमा जतरा पर्व मनाइँदै

सोमबार, १० कात्तिक २०७७, ११ : १७
सोमबार, १० कात्तिक २०७७

बडा दशैँअन्तर्गत आज दशमीका दिन मिथिलाञ्चलमा यात्रा पर्व मनाइँदैछ । यात्रा पर्वलाई मिथिलाञ्चलमा जतरा पर्व पनि भनिन्छ । धार्मिक मान्यताअनुसार दशमीका दिन भगवती दुर्गाको यात्रा हुने भएकाले यसलाई वर्षभरिकै सबैभन्दा पवित्र दिन मानिन्छ ।

मिथिला क्षेत्र शक्ति उपासनाका लागि प्रसिद्ध रहेको क्षेत्र हो । भगवती दुर्गालाई शक्तिस्वरूपा मानेर परम श्रद्धापूर्वक पूजा गरिने चलन रहेको छ । यस अवसरमा गाउँघरमा भगवती दुर्गाको माटोको प्रतिमा बनाएर श्रद्धापूर्वक पूजापाठ गरी मेला लगाइने गरिन्छ ।

 भगवती दुर्गा नौ दिनसम्म माइती  आउने र  दशमीका दिन विदा भई ससुराली जाने गर्छिन् भन्ने मान्यता मिथिला, बङ्गाल र आसाममामा रहेको पाइन्छ । यसकारण माटोको दुर्गाको प्रतिमा बनाई पूजा गरिने स्थानमा दुबो, धान, सुपारी र बेसारले खोइँछ भरेर यात्राका दिन भगवती दुर्गालाई विदाइ (विसर्जन) गरिने चलन रहेको छ ।

मिथिला क्षेत्र तन्त्र, मन्त्र, टुनामुना, साधना आदिका लागि पनि विख्यात रहेको छ । यस  शारदीय नवरात्रको अवधिमा तन्त्र, मन्त्र, टुनामुना र साधनाका क्षेत्रमा उन्मुख हुन चाहने जिज्ञासुका लागि प्रशस्त मानिन्छ । मैथिली भाषामा यस विद्यालाई गुनमन्तर सीखब ९मन्त्र सिक्ने० भनिन्छ ।

यस्तै अकाल मत्यु भएका तथा मोक्ष प्राप्ति गरिनसकेका आत्माहरू डुलिरहने तथा तिनीहरूले समाजमा दुःख दिन मान्यता रहेअनुसार तिनीहरूको प्रकोपबाट रक्षाका लागि ढोल बजाइने परम्परा पनि रहेको छ । यसरी ढोल बजाइनुलाई डगहर देव भनिन्छ । यसबाट दुष्टात्माको प्रकोप समाजमा नपर्ने मान्यता रहेको पाइन्छ ।

दशमीका दिन दशओटै द्वार खुल्ला रहने मान्यताअनुसार कुनै पनि शुभ कार्य गर्न प्रशस्त मानिन्छ । यस दिन जुनसुकै दिशातर्फ यात्रा गर्दा मुहूर्त विचार गरिरहनु नपर्ने भनिन्छ ।

यात्राका दिन भगवतीको प्रसादस्वरूप जयन्ती धारण गर्ने तथा पुरोहितले यजमानलाई जयन्ती लगाएर आशीर्वाद प्रदान गर्ने प्रचलन रहेको छ । यस दिन नीलकण्ठ चराको दर्शन शुभ मानिन्छ । यसका लागि नीलकण्ठ चराको गुँड रहेको रूखलाई पहिले नै ठम्याएर राखिने गरिन्छ । यात्राका दिन आस्थावानहरू कागज, कलम लिएर नीलकण्ठ चरालाई उडाएर दर्शन गरी त्यस स्थानमा केही श्लोक कागजमा लेख्ने परम्परा पनि रहेको छ ।

यस्तै भगवान् रामले दुर्गा भगवतीको आराधना गरी दशमीकै दिन रावण बध गर्न सफ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप