शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

स्वास्थ्य मापदण्ड पालना गरी दसैँ मनाउन प्रधानन्यायाधीश राणाको आग्रह

सोमबार, १० कात्तिक २०७७, ०८ : १९
सोमबार, १० कात्तिक २०७७

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले २०७७ सालको विजयादशमी, शुभ–दीपावली, नेपाल संवत् तथा छठपर्वलगायतका चाडपर्वहरूको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुुभाइहरूमा शुुभकामना व्यक्त गरेका छन् । सत्य, प्रकृति, आस्था, सदाचार र शक्तिको प्रतीकका रूपमा रहेका विजयादशमी, दीपावली र छठलगायतका पर्वहरूले मुलुकमा आइपर्ने विपत्ति र प्रतिकूलताहरूको सामना गर्ने सामथ्र्य प्रदान गर्नेमा प्रधानन्यायाधीश राणाले विश्वाससमेत व्यक्त गरेका छन् ।

हामी अहिले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण उत्पन्न विषम र असहज परिस्थितिमा सामाजिक दुरी कायम गरी चाडपर्व मनाउन उनले आग्रह गरेका छन् । ‘सङ्क्रमणको जटिल एवम् संवेदनशील अवस्थाका बिचमैपरापूर्वकालदेखि सांस्कृतिक धरोहरका रूपमा रहेका बडादसैँलगायतका चाडपर्वहरू मनाउँदै छौँ । सामाजिक दुरी कायम गर्नेलगायतका विधि र मापदण्डहरू नै यस रोगको रोकथाम र नियन्त्रणका उपयुक्त विकल्प रहेको यथार्थ सर्वविदितै छ । यसै सन्दर्भमा, आफन्तजनहरूसँगको भेटघाट एवम् मान्यजनसँगको टीका ग्रहण तथा शक्तिपीठ र मठमन्दिरलगायत नदी, तलाउ आदि स्थानमा पूजाआजा र आराधनागरी मनाइने हाम्रा यी महान् चाडपर्वहरू सहज किसिमले मनाउनअहिलेको परिस्थिति अवश्य पनि हामीलाई सहज हुने छैन । यसप्रकारको असहजता र विषम परिस्थितिको बाध्यतालाई ग्रहण गर्दै आ–आफ्नो घर परिवारभित्र अधिकतम सावधानी र सतर्कताकासाथ चाडपर्वहरू मनाउनुहुन पनि म हृदयदेखि आग्रह गर्दछु ।’ 

राणाले शुभ–विजयादशमीलगायत आसन्न चाडपर्वहरूले सबैमा कोभिड–१९ लाई पराजित गर्ने शक्ति वा क्षमता प्रदान गरुन् भन्ने कामना गरेका छन् । साथै, यस अवसरमा कोरोना भाइरसबाट सङ्क्रमित स्वदेश तथा विदेशमा रहेका नेपालीको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप