बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अक्षयद्वारा ‘पब्जी’को प्रतिद्वन्द्वी फौजीको टिजर जारी

सोमबार, १० कात्तिक २०७७, ०८ : ०१
सोमबार, १० कात्तिक २०७७

भारतमा चर्चित मोबाइल गेम ‘पब्जी’को प्रतिद्वन्द्वी मानिएको ‘फौजी’को फर्स्ट लुक आइतबार जारी गरिएको छ । अक्षय कुमारले दसैँको अवसर पारेर टिजर रिलिज गरेका हुन् ।

उनले मिडियामा लेखेका छन्, ‘आज खराबमाथि असलको जीतको दिन हो । फौजीहरुका लागि खुसियाली मनाउनका लागि योभन्दा राम्रो दिन कुन हुन सक्छ ? टिजरको पहिलो सीनमा नै गलवान घाटीमाथि उडान भर्दै गरेको भारतीय हेलिक्टर देख्न सकिन्छ भने चिनियाँ सैनिकसँग भिडन्त पनि देखाइएको छ ।

अक्षय कुमारले टिजर शेयर गर्दै लेखेका छन्, ‘आज जब हामी खराबमाथि असलको जीतको खुसियलाी मनाइरहेका छौँ, योभन्दा राम्रो दिन कुन हुन सक्छ जब हामी निडर र एकताका प्रतिक जवान आफ्ना सैनिकलाई सलाम गरौँ । दसैँको अवसरमा प्रस्तुत छ फौजीको टिजर । यसलाई नोभेम्बरमा लञ्च गर्ने मिति तय गरिएको छ ।

दुई महिनाअघि अक्षयले गेमको घोषणा गर्दै यसलाई प्रधानमन्त्री नरेन्द्र मोदीको आत्मनिर्भर अभियानलाई समर्थन गर्ने बताएका थिए । उनले खेलबाट प्राप्त हुने आम्दानीको २० प्रतिशत हिस्सा वीर ट्रस्टलाई सहयोग गर्ने बताएका थिए ।

गलवानमा भारत र चीनका सैनिकबीच झडप भएपछि केन्द्र सरकारले २९ जुनमा ५९ चिनियाँ एप, २७ जुलाईमा ४७ र २ सेप्टम्बरमा ११८ एपमाथि प्रतिबन्ध लगाएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप