बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानको पहिलो मेट्रो ट्रेन सेवाद्वारा लाहोरमा व्यवसायिक सेवा सुरु

आइतबार, ०९ कात्तिक २०७७, २२ : ०१
आइतबार, ०९ कात्तिक २०७७

पाकिस्तानको पहिलो मेट्रो रेल सेवा, ओरेन्ज लाइनले आइतवार पञ्जाब प्रान्तको ऐतिहासिक शहर लाहोरबाट आईतबारदेखि व्यवसायिक सेवा सञ्चालन सुरु गरेको छ ।  

चीन–पाकिस्तान आर्थिक मार्ग (सीपीईसी) अन्तर्गत प्रारम्भिक परियोजनाको रूपमा, ओरेन्ज लाइनलाई चिनियाँ राज्य रेल सेवा समूह र चाइना उत्तर उद्योग निगमद्वारा निर्माण गरिएको हो । मेट्रो रेल सेवा चीनको गोन्झाउ मेट्रो समूह, नोरिनको इन्टरनेसनल र डायवु पाकिस्तान एक्सप्रेस बस सेवाद्वारा सञ्चालनमा ल्याइएको हो । 

निर्माणको पाँच बर्षको अवधिमा, ओरेन्ज लाइनले सात हजारभन्दा बढी रोजगारी सिर्जना गरेको र सञ्चालन र मर्मतका लागि यसले स्थानीयहरूका लागि करिब दुई हजार रोजगारी सिर्जना गर्ने पाकिस्तान सरकारले बताएको छ । 

पञ्जाबका मुख्यमन्त्री सरदार उस्मान बुजदारले आइतबार आयोजित व्यवसायिक सेवा सञ्चालनको कार्यक्रममा भने, “पञ्जाबको प्रान्तीय सरकार चीनप्रति परियोजना सम्पन्न गर्न अभूतपूर्व सहयोग गरेकोमा कृतज्ञ छ ।” सीपीइसी अन्तर्गत मेट्रो ट्रेन प्रणाली सम्पन्न भएपछि दुई देशहरू अझ मजबुत हुने उनको धारणा रहेको छ । 

हरित कूल गार्हस्थ उत्पादन वृद्धि, शहरी विकास र पाकिस्तानी पूर्वी मेगासिटीको आधुनिकता बढाउने र आर्थिक गतिविधि बढाउन नेतृत्व पु¥याउने उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप