केन्द्रीय संस्करण

यस वर्ष तलेजु भवानीको मन्दिर खुलेन

person explore access_timeकात्तिक ९, २०७७ chat_bubble_outline0
फाइल तस्बिर

यस वर्ष तलेजु भवानीको मन्दिर सर्वसाधारणका लागि खुला गरिएन । काठमाडौंको हनुमानढोका दरबारमा रहेको तलेजु भवानीको मन्दिर कोरोना संक्रमण जोखिम कै कारण सर्वसाधारणका लागि खुल्ला नगरिएको हो । 
यो मन्दिर प्रत्येक वर्ष अश्विन शुक्ल नवमी अर्थात महानवमीका दिन मात्र खुल्ने परम्परा छ ।

बडा दशैंको नवमीको दिन मात्रै खुल्ने भएकाले आजको दिन दर्शनार्थीहरुको भिड लाग्ने गर्छ । यस अघिका वर्षहरुमा नवमीका दिन दर्शनार्थीहरुले राति देखि नै लाइन बसी दर्शन गर्दै आएका थिए । 

तर कोभिड संक्रमणको जोखिमका कारण यस वर्ष भवानीको नित्य पूजा भएपनि सर्वसाधारणका लागि खुल्ला नगरिएको हो ।
 नेपाल सरकारले पनि औपचारीक सूचना जारी गरी कुनैपनि शक्तिपीठ तथा मठमन्दिरमा सर्वसाधारणका लागि पूजाआजा गर्न रोग लगाएको छ । तलेजु मन्दिरमा पूजाआजा गर्न सर्वसाधारणलाई रोक लगाइएपनि भक्तालुहरुले भने बन्द मन्दिरको मुल ढकोकामा पूजा गरिरहेको भेटियो ।

 परम्परा र आस्थालाई संक्रमणको जोखिमले रोक्न सकेन । मनोकांक्षा, भाकल पुरा हुने विश्वासमा तलेजु भवानीलाई पूजागर्ने चलन छ । नेपाल भरी भएका देवी शक्ति मन्दिरहरुमध्ये तान्त्रिक विधिअनुसार पूजा हुने केही मन्दिरमा तलेजु भवानी पर्दछ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.