केन्द्रीय संस्करण

पर्सामा नेकपा नेताको हत्या प्रकरणः प्रचण्डद्वारा दोषीमाथि कारबाहीको माग

person explore access_timeकात्तिक ९, २०७७ chat_bubble_outline0

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पर्साको विन्दवासिनी गाउँपालिका सचिव तथा जिल्ला कमिटी सदस्य मुकेश चौरसियाको हत्यामा संलग्नलाई कारबाहीको माग गरेका छन् । 
विन्दवासिनी पार्टी कमिटीको सपथ ग्रहण कार्यक्रमका क्रममा  भएको झडपमा कात्तिक ६ गते उनको हत्या भएको थियो । 

यस सम्बन्धमा पार्टी जिल्ला कमिटीका इन्चार्ज, अध्यक्ष र सचिवका तर्फबाट हत्याको भत्सर्ना गर्दै चौरसियालाई सहिद घोषणा गर्न तथा हत्यामा संलग्नलाई कडा कारवाही गर्न माग गर्दै वक्तव्य जारी भएको प्रति कार्यकारी अध्यक्षको हैसियतले समर्थन गर्दै प्रचण्डले दोषी जोसुकै भएपनि कानूनी कारबाहीको दायरामा ल्याउन जोडदार माग गरेका छन् । 

प्रचण्डले आइतबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘हत्या जस्तो जघन्य अपराध हुँदा समेत अनुसन्धानसँग सम्बन्धित स्थानीय निकायले मुद्दा दर्ता गर्न आनाकानी गर्नु आश्चर्यको विषय बनेको छ । म केन्द्र सरकारलाई अविलम्ब दोषीमाथि कारवाहीको प्रक्रिया अगाडि बढाउन आग्रह गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जली र शोकाकल परिवारजनमा समवेदना प्रकट गर्दछु ।’


 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.