केन्द्रीय संस्करण

कोभिड प्रभावित दसैँ : सकारात्मक सोच निर्माणको क्षण

person explore access_timeकात्तिक ९, २०७७ chat_bubble_outline0

           

२०७२ साल वैशाख १२ गतेको भूम्पपछि नेपाली राजनीतिले नयाँ मोड लियो । नयाँ संविधान निर्माणमा सहमति बन्यो । अहिले हामी सबै नेपाली कोभिड–१९ को गम्भीर सङ्क्रमण बीचमा पनि बडादसैँ २०७७ मनाउन बाध्य भएका छौँ । यो निराशाको क्षणले मुलुकलाई एउटा सकारात्मक सोचसहितको निकासतर्फ लैजाओस भन्ने अपेक्षा गरौँ । कला, संस्कृति मानव जातिले विकास गरेको मानिस र छायाँ जतिकै अन्तर सम्बन्ध हुन्छ । मानिसको वास्तविक जीवनलाई संस्कृतिले गौरव र ओजपूर्ण बनाएको हुन्छ । यिनै पृष्ठभूमिमा हामी अत्यन्तै असहज अवस्थामा पूर्ण होइन आसिक दसैँ मान्न गइरहेको छौँ । हाम्रा मानसिकतालाई कोरोनाका सङ्क्रमणको त्रासले डगमगाइरहेको भए पनि हामी सुरक्षित मापदण्ड अवलम्बन गरी दसैँ मनाऔँ, सुरक्षित रहौँ, हाम्रा आफन्त, छिमेकी र देशका थुप्रै नागरिकहरुको दुःखद् निधनप्रति श्रदाञ्जली अर्पण गरौँ, सहास र दृढताका साथ यथासक्य कोभिड–१९ को नियन्त्रण र पूर्ववतः अवस्थाको प्रतीक्षामा रहौँ । बडादसैँ, दीपावली न्हू दं र छठपर्व २०७७ को उपलक्ष्यमा सबै नेपाली दाजुभाइ दिदी बहिनीहरुमा हार्दिक शुभकामना । 

दसैँको लामो बिदामा हामी बसेका छौँ । यो फुर्सदमा देश र मुलुकको हितको बारेमा थोरै सोच्नेहरु देशको अवस्थाबारे सन्तुष्ट हुनुहुन्छ जस्तो लाग्दैन । सङ्क्रमण त विश्वमा फैलिएको छ, तर असन्तुष्ट र अव्यवस्थित जीवन जिउनेमा नेपाली पहिलो होला जस्तो लाग्छ । प्रायः आम नेपालीहरु अहिले त्रास र सङ्कटले छटपटिएका छन् । यसको यथार्थ चित्रण गर्न निकै गाह्रो छ । आफनै जीवनका पानाहरुमा नेपालीहरु अल्झेका छन् । हाम्रो सामाजिक परम्परा अरूलाई पर्दा सहयोग गर्ने, साथ दिने, सङ्कट टार्ने, स्वभावका हुन्छन् । तर यो सामाजिक मान्यता असहज भएको छ । मानिसले मानिसलाई सम्पर्क गर्न छाडेका छन् । सङ्क्रमण आइपरेको घरपरिवार इतिहास र पुस्ताले नपाएको दुःख र हैरानी व्यहोरेका छन् । हामी जोकसैका आफन्तलाई यो कोभिडको सङ्क्रमणबाट सिर्जित अनुभवका पीडाहरु देख्न र सहभागी हुन सक्ने अवस्था छैन । टेलिफोनबाटै पनि सहयोगका हात फैलाउँदा हात रित्तै हुन्छ, समयमा उचित उपचार नपाएर मुत्युको खबर पाउनुपर्दा मृत्यु हुने त भयो नै तर हामी बाच्नेहरुको मुटु छिया, छिया हुन्छ । हामी एउटा नागरिकले के गर्न सक्छौँ । हाम्रा पुर्खाले लडेर बनाएको देश, हामी आफैले जेल नेल खाएर ल्याएको गणतन्त्र, हामी आफैले कर तिरेको सरकारी व्यवस्थापन, हाम्रा अगाडि जिम्मा लिन उभिएको देख्दैनौँ । फोन गर्दा फोन उठ्दैन, टीभीमा कोभिडको ब्रिफ्रिङ गर्ने डाक्टरसँग टीभीमा दोहोरो बोल्न मिल्दैन, आईसीयू, भेन्टिलेटर खोज्दै भौतारिँदै फोनको जबाफ लागि प्रतीक्षाको लाइनमा बस्दा मानिस मृत्युको मुख पुगी जीवन लीला समाप्त हुन्छ । सरकारले बेहोस भए मात्र, अस्पताल आउनुभन्ने समाचार, सरकारले कोभिडको उपचार गर्न नसक्ने खबरहरु र कोभिडबाट मृत्यु हुनेहरुको लासलाई आफन्तले नै व्यवस्थापन गर्नुपर्ने समाचारहरुले नेपालीहरुको मन धेरै दुःखेका छ । आशा र अपेक्षाहरु धुजाधुजा भएको छ । सन्तोष गर्ने विकल्प नभएर आफनो निधार भित्तामा ठोकेर सन्तोष गर्नुपर्ने अवस्था भएको छ । माननीयज्यूहरु, मन्त्रीज्युहरु, दसैँ भत्ता फर्काएर ढिलै भए पनि बिरामीप्रति सहानुभूति दिनुभएको छ ।

शक्ति र सत्ताले उन्माद भएकाहरुले नागरिक र कार्यकर्तालाई आफ्ना कमरा सम्झिरहेका छन् । राणा शासन पनि १०४ वर्षमा पतन भयो । पञ्चायती शासन पनि ३० वर्षमा च्यूत भयो । राजा पनि २४० वर्षमा सडकमा आए । यो तागत जनतासँग छ भन्ने भुसुक्कै बिर्सेर अहिले सबै राजा बन्ने प्रतिस्पर्धामा उभिएको देख्दा नेपाल भन्ने देशको स्वाधीनता अब रहन नदेलान् कि भन्ने कताकता चिन्ता लाग्छ ।

कोभिडबारे सरकारलाई देशको सर्वोच्च अदालतले दिएका आदेश फाइलमै थन्की रहेको छ, देशका बौद्धिक जमात आफनो अनुभव र दायित्वलाई थाँती राखेर बस्नु भएको छ, प्रतीपक्षहरु लोकतन्त्रकै परिभाषामा सीमित छन् । सत्तापक्षका बुद्धिजीवीहरु नियुक्तिका त्रास अर्धचेत अवस्थामा रहेका छन् । इमानदार राजनीतिक कार्यकर्ता आफूले बोल्दै आएको लोकतन्त्र, गणतन्त्र, समावेशी, धर्म निरपेक्षता र सङ्घीयताको परिभाषा बुझनमै भ्रम भयो कि भनी फेरि अन्तरिम संविधान र वर्तमान नयाँ संविधान पल्टाउनमै व्यस्त छन् । कतिपय सरकारी कर्मचारी  दुहुनो गाईले दूध दिन छोडलान् कि भनेझैँ सरकारको थुन निचोरी निचोरी दुहुँदैछन् । शक्ति र सत्ताले उन्माद भएकाहरुले नागरिक र कार्यकर्तालाई आफ्ना कमरा सम्झिरहेका छन् । राणा शासन पनि १०४ वर्षमा पतन भयो । पञ्चायती शासन पनि ३० वर्षमा च्यूत भयो । राजा पनि २४० वर्षमा सडकमा आए । यो तागत जनतासँग छ भन्ने भुसुक्कै बिर्सेर अहिले सबै राजा बन्ने प्रतिस्पर्धामा उभिएको देख्दा नेपाल भन्ने देशको स्वाधीनता अब रहन नदेलान् कि भन्ने कताकता चिन्ता लाग्छ । आफू एक्लै लड्ने सुल्तान र नबाबहरु भन्दा सङ्घर्ष र आन्दोलनको कुरै सुन्न नचाहनेहरुले आफूले ओगटेको पदको औचित्य पुष्टि गर्न आफू क्रान्तिकारीको पगरी गुथेर अङ्लाई रौँ जति नगन्ने प्रवृत्ति आज झन पछि झन झागिँदै छ । यो प्रवृत्तिको किञ्चित दोष हैन । दोष त यस्ता प्रवृत्तिहरुलाई जन्माउनेहरुको हो । महादेवले भस्मासुरलाई आशीष दिँदा आफैँलाई सिध्याउन लखटेझैँ आज यो मुलुकमा यो भस्मासुरे प्रवृत्तिले रजाइँ  गरेको देख्दा यी प्रवृत्ति जन्माउनेहरुको मन कुँडिरहेको होला । विगतमा आफ्नो काख दिने, रगत दिने, सिउँदो दिने, आमा वा आफन्तहरुले लोकतन्त्र र गणतन्त्रको परिभाषा आफ्नै आँखाभित्र खोजिरहेको होलान । आन्दोलन र क्रान्तिमा लामबद्ध भएका आन्दोलनकारीले आफनो योगदान  औचित्यहीन बोधगरी आज कस्तो पश्चाताप गरिरहेको होलान । हाम्रो यो आँखाले सकसका साथ हेर्न बाध्य भएका छौँ ।

संसारमा सत्ता र शक्तिलाई सधैँ आफैले च्यापेर राख्न सकेको कुनै उदाहरण छैन । तर सत्तामा रहँदा अत्याचार गर्ने पात्रहरुको इतिहास राम्रो छैन । पेरुको फुजिमोरो देश छोडेर भाग्नु प¥यो । पाकिस्तानको मुसरफ जेलमा कोचिनु प¥यो, गद्दाफी र चाकुचेस्कुले आफ्नै जनताद्वारा मर्नु प¥यो, बेलायतका चाल्सहरु जनताद्वारा काटिनु प¥यो  । हिटलर दुखान्त मृत्यु भयो, सद्धाम हुसेन सुरुङभित्र लुक्नु प¥यो । नेपालका राणा निर्वासनमा भाग्नु प¥यो, नेपालको राजा सडकमा आउनु प¥यो, यो दुःखान्त इतिहासलाई बिर्सेर जबरजस्ती शासक बनेर जनताबाट टाडा हुने काम कसैले गर्नु हुँदैन । सत्ताको रापतापले दिन प्रतिदिन जनताबाट अलग गर्दै लान्छ । आफ्नै कार्यकर्ता बोझजस्तै हुन्छन् । सत्ताको उन्मादले विगतको इतिहासलाई बिर्साउँदै लान्छ । लाभ, स्वार्थ र फाइदातर्फ मात्र ध्यान लान्छ । यो विडम्बनाले नेपालका प्रायः राजनेतालाई गाँज्दै लगेको छ । २०४६ सालको परिवर्तनले नेपालीहरु निकै आशावादी थिए । नेपाली काँगे्रेसको सरकार सत्ताको उन्मादले राज्य आतङ्कको चरम दमनमा उत्रेकै हो । दस वर्षे जनयुद्धको अवधिमा संसदवादीहरु माओवादीविरुद्ध निर्मम रूपमा उत्रेकै हो । २०६८ को प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली जनताको कत्लेआम मात्र हैन सीधै संविधान प्रतिकूल माओवादीको हत्या गरी टाउको ल्याउनेलाई पुरस्कार घोषणा गरेकै हो । यी सबै अवस्था नेपाली जनताले पार गर्दै नयाँ संविधानमा गणतन्त्र घोषणा गर्न सफल भएको छ । यो गणतन्त्रको गला निमोठ्न तम्तयार राजावादीहरु सडकमा उत्रेको अवस्था छ । सत्तामा घुसेका राजावादीहरु यी प्रवृत्तिहरुलाई उत्साहित बनाउँदै संविधानले घोषणा गरेको गणतन्त्रको विरोधलाई हेरर मुसुमुसु हासिरहेको छ, गणतन्त्रको काम छैन, सङ्घीयताको काम छैन । कम्युनिस्टहरुको बहुमतको काम छैन । सबै भ्रष्ट हुन भन्ने नारामा रमाइरहेका छन् । मुलुकमा कानुन र आदेश मृत्यु तुल्य बनाइरहेको छ । सरकार र सत्तामा बसेर अग्रगामी एजेन्डाको बदनाम  गराउने प्रवृत्तिले आफ्नो सफलताको दुहाई दिइरहेका छन् ।

त्ता सम्हालेका र उनका चाटुकारहरुको आफन्तहरुले मुलुकमा आफ्नो वर्चस्व जमाइसकेको छ । योग्यता, अनुभव र क्षमतावान नेपाली निराश र निरिह सावित भइसकेको छ । उनीहरु विरोधको स्वर मच्चाएर वैरी बन्ने चाहना छैन । विगतका आन्दोलनमा सहभागी हुनेले मात्र पद ओगट्ने हो ? र त्यो होइन, समक्ष र योग्य व्यक्तिमा प्रतिस्पर्दा गराउनुपर्ने थियो । राजनीतिक नियुक्तिमा कुनै योग्यता र मापदण्ड नहुनु यो जतिको अलोकतान्त्रिक पद्धति के हुन सक्छ ?

नेपालमा यो अवस्था आउनुमा धेरै कारण छन् । नेपालमा जनताले आन्दोलन र सङ्घर्षहरु निर्णायक हुनेबेला जहिले पनि सम्झौतामा टुङ्ग्याउने सस्कार छ । २००७ सालमा राणा विरोधी आन्दोलन सम्झौतामा टुङ्गियो । २०४६ सालको आन्दोलन सम्झौतामा टुङ्गियो । दस वर्षे जनयुद्ध र २०६२÷०६३ को आन्दोलन शान्ति सम्झौतामा घोषित रूपमा टुङ्गियो । आन्दोलनकारी शक्ति जहिले आझेलमा सुस्ताउने र निर्णायक मोडमा नेतागणहरुको सम्झौताको तिर्खाले मुलुकमा यथास्थितिवादको जराहरु कहिल्ये काट्न सकेनौँ । क्रमशः पलाएको कारणले आज नेपालीहरुको रगतको अवमूल्यणको पुनरावृत्ति भएको छ । परिवर्तन हुन सकेन । संसदवादीहरुको खोलभित्रको यथास्थितिवादीहरुको वर्चस्वले मुलुकलाई पिरोलिरहेको छ । राणाहरुको नातावाद कृपावाद, महाराजहरुको हुक्के, डोके, बैठके जस्तै वर्तमान लोकतन्त्रवादीहरुको गुट, उपगुटले मुलुक धमिरा लागेको घर जस्तै बनाइसकेको छ । नेपालमा कस्तो अवस्था सिर्जना भइसक्यो भने कोही मानिस पनि राजनीतिक नियुक्तिको पदबिना रहन नसक्ने बाँच्न नसक्ने अवस्था भइसक्यो । योग्यता, क्षमता र जिम्मेवारीसँग कुनै सरोकार छैन । सत्ता सम्हालेका र उनका चाटुकारहरुको आफन्तहरुले मुलुकमा आफ्नो वर्चस्व जमाइसकेको छ । योग्यता, अनुभव र क्षमतावान नेपाली निराश र निरिह सावित भइसकेको छ । उनीहरु विरोधको स्वर मच्चाएर वैरी बन्ने चाहना छैन । विगतका आन्दोलनमा सहभागी हुनेले मात्र पद ओगट्ने हो ? र त्यो होइन, समक्ष र योग्य व्यक्तिमा प्रतिस्पर्दा गराउनुपर्ने थियो । राजनीतिक नियुक्तिमा कुनै योग्यता र मापदण्ड नहुनु यो जतिको अलोकतान्त्रिक पद्धति के हुन सक्छ ? कसले सिफारिस गर्छ, कसको स्वार्थ छ ? सिफारिसमा पर्ने व्यक्तिको पृष्ठभूमि के हो ? विगतमा उनले समाजमा के योगदान गरेको छ ? त्यो केही पनि नचाहने, अयोग्यलाई सरकारी निर्णयबाट योग्य बनाउने विगतको राजाको हुकुम प्रमाङ्गीहरुलाई पनि उछिनेको अहिलेको अवस्थाले सङ्घीय लोकतान्त्रिक गणतन्त्र संविधानमा मात्र बाँकी छ, व्यवहार र कार्यान्वयनमा विलकुल छैन । आम पार्टी पङ्क्ति मुकदर्शक रहने कि नरहने यसबारे वैचारिक राजनीतिक बहस अगाडि बढाउन समयले गम्भीर रूपमा औँल्याई सकेको छ । यसलाई सकारात्मक रूपमा नेतृत्व तहबाटै सच्याउन जरुरी छ । यसलाई विरोधको स्वरको रूपमा बुझ्नु हुँदैन ।

    वर्तमान सरकारको विरुद्धमा छरपस्ट विरोध गर्नेहरुबाट विरोधबाट वर्तमान बहुमत प्राप्त सरकारलाई केही असर पर्ने अवस्था छैन । तर गणतन्त्रवादी, सङ्घीयतावादी, लोकतन्त्रवादी भएर त्यसैको विरुद्ध हुने काम गर्नेहरुबाट बढी खतरा छ । नेतृत्व र व्यक्ति विशेषको चरित्र हत्या गर्ने उद्देश्यले विरोधमा उत्रेको खण्डमा राज्यले आफ्नो कानुनी दायरामा ल्याउन सक्छ । नेपालमा अहिले जुन विरोधका शैलीहरु सार्वजनिक भएका छन् ती कम्युनिस्ट वर्चस्व समाप्त गर्ने नियतले आएको हुन । कम्युनिस्ट पार्टीको अमुक कुनै व्यक्ति खराब र हुन सक्छ, गल्ती गर्न सक्छ । तर पार्टीलाई मुछेर विरोध गर्ने पुरानै शैली हो । विरोधका शैली परिवर्तन हुन सकेको छैनन् । वर्तमान सरकार कुनै अमूक व्यक्तिको शासन सत्ता होइन । अहिलेका उपलब्धि ७० वर्षदेखि नेपाली जनताले सामन्ती राजतन्त्रविरुद्ध लडेर ल्याएको शासन व्यवस्था हो । कुनै अमूक व्यक्तिको कमी कमजोरी र स्वेच्छारी कार्यशैलीको कारण यी उपलब्धि गुम्न दिनु हुँदैन । यसको रक्षा गर्ने जिम्मेवारी सबै परिवर्तनशील नेपालीको हो । वर्तमान सरकारलाई जनताले ५ वर्षको जिम्मेवारी तोकेका छन् । फेरि पनि हामी आम जनताको विचमा निर्वाचन अर्थात परीक्षणमा जानु छ । सो अवस्था अगावै सरकार र पार्टीले जनताले हाम्रो बारेमा के भनिरहेका छन् ? हाम्रा बारेमा के सोचिरहेका छन् ? ती विषयको समीक्षा जनस्तरबाटै सुरु गर्नुपर्ने अवस्था छ । अहिले सङ्घीय स्तरको समस्या, प्रदेश र नगर÷गाउँपालिका स्तरका समस्याबारे पार्टीले समयमै तेजोबध गर्न जरुरी छ । पार्टीको शीर्षस्थ तह र सरकारको सङ्घीय तहदेखि तल नगर स्तरसम्म जुन निराशको अवस्थाको सिर्जना भएको छ, यसमा कार्यकर्ता र शुभचिन्तक तहको कुनै कमी कमजोरी छैन । नेतृत्व तहमा ठीक र बेठीक विचको सङ्घर्ष चलिरहेको छ । सङ्घीय सरकारको गठन तथा पार्टी एकता यताका दिनहरु सहज र स्वाभाविक हुन सकेनन् । पार्टी एकताको बाँकी काम यथास्थितिमै छ । सरकार र पार्टी बीचमा विविध विषयमा एकरूपकता आउन नसक्नुले कार्यकर्ता र शुभचिन्तक स्तरमा गम्भीर निराशा पैदा भएको छ । शीर्षस्थ नेतृत्व तहबाटै यसको निदान सुरु गर्न सकेनौँ भने पार्टीको कार्यकर्ता स्तर र नेतृत्व पङ्क्तिमै गम्भीर निराशाजनक अवस्था सिर्जना भइविरोधीहरुले सजिलै कमजोर सावित गर्ने छ, सरकार मात्र हैन, नेपाली जनताले ७० वर्ष लडेर ल्याएको सबै उपलब्धि गुम्ने खतरा छ ।

स्थायी कमिटीको गत बैठकले अब पार्टीमा विद्यमान समस्या समाधान भयो भन्ने आशा सबैमा पलाएको थियो । तर यही बीचमा भएको केही अस्वाभिक घटनाले सबैको टाउमा चिसो पानी खनिएको अवस्था छ । मन्त्रिमण्डल पुनर्गठनको विषय अस्वाभिक देखिएको, कर्णालीको मुख्यमन्त्री विरुद्ध अविस्वासको प्रस्ताव, कर्णालीको प्रमुख सचेतक परिवर्तन, कर्णालीकै विषयमा दुई अध्यक्षबीच सहमति भएको भन्नेबारे फरक बुझाइ, अविस्वासको प्रस्ताव अस्वीकृत, तराईमा कुटपीटका घटना र कर्णाली प्रदेश पार्टीलाई दुई अध्यक्षबीचको फरक निर्देशनले, प्रधानमन्त्रीले कूटनीतिक मर्यादा उल्लङ्घन जस्ता घटनाले स्थायी कमिटीका सहमतिहरु फेरि बेवारिसे बन्लान् कि भन्ने आशङ्काको चापले पार्टी एकताको भविष्यमा फेरि तुसारो लाग्ने हो कि ? भन्ने त्रासको अवस्था सिर्जना भएको छ ।

हामी मार्क्सवादी जीवन दर्शन, पद्धति र मान्यतालाई आत्मासात गर्ने कम्युनिस्ट पार्टीको सदस्य स्पष्ट र खुला हुन जरुरी छ । छलफल र षडयन्त्र गर्नु हँुदैन । जनताप्रति जिम्मेवार हुन जरुरी छ । यदि यी विषयमा अलमल ग¥यौँ भने हामी सिद्धान्त र विचारबाट विचलन भई च्यूत भएको मानिन्छ । जनताले हामीलाई अस्वीकृत गर्न सक्छ । क्षणिक शक्ति र जनताको अपार शक्तिको महत्व र मुल्य फरक हुन्छ । समस्याको समाधान सकारात्मक परिणामका लागि सहमतिको विधिबाट हुन सक्छ । तर त्यो सधैँ प्रभावकारी हुँदैन । नेकपालाई गतिशील बनाउनुको विकल्प नै छैन ।

नेकपा, स्थायी समितिको लामो बैठकपछि सहमतिको वातावरण तयार भएको थियो । कोभिड–१९ को त्रासको बीचमा पनि आशा र उत्साह पलाइसकेको थियो । तर ती सहमतिहरु गतिशील हुन सकेन । फेरि पनि क्रमशः समस्या पैदा हँुदै गएको छ । दुई अध्यक्षबाट फरक निर्देशन जारी भएपछि, पार्टीको आन्तरिक जीवनमा केही न केही समस्या दोहरिएको यो परिदृश्यले पार्टीलाई बचाउने र नेपाली जनताले दिएको अभिमतको वाचालाई कसरी पूरा गर्ने, आगामी निर्वाचनको परीक्षणमा फेरि कसरी सफलता हासिल गर्ने यो नेतृत्व तहको मात्र हैन हाम्रा सबै पार्टी पत्तिको चिन्ताको विषय बनिसकेको छ । पार्टी कुनै एक अमुक नेताले बनाउन र भत्काउन सक्तैन । पार्टी निर्माणबारे क. लेनिनले दिनुभएको विचारलाई आत्मासात गर्न जरुरी छ । त्यो हो– जीवित पार्टीका लागि विचार, नेतृत्व र सङ्गठनको समायोजन नै हो । अहिले नेकपाभित्रको मुख्य समस्या यही विषयमा जोडकोण नमिलेको देखिन्छ । हामीले विचार निर्माणको कार्यदिशा बारे महाधिवेशनसम्म छलफल गरी जाने, सो अवधिसम्मका लागि पार्टी एकताले निर्दिष्ट गरेको जनताको जनवाद नै हो भन्ने निष्कर्षलाई आत्मासात गर्न जरुरी छ । यसमा विगतलाई कोट्याउन जरुरी छैन । नेतृत्व दुई अध्यक्ष कायमै छ, सङ्गठन समायोजन बारे प्रष्ट नीति कायम छ । महाधिवेशनबाट यी तीनवटै विषयमा विधिसम्मत रूपमा वैधानिकता प्राप्त गर्ने नै छ । यी सहमतिलाई लत्याउनुपर्ने, छलछाम गर्नुपर्ने, विधि र पद्धतिलाई नामेट गर्ने, स्वेच्छारी रूपमा चल्न खोज्ने अवस्था सिर्जना हुनु नपर्ने थियो । तर व्यवहार र कार्यान्वयनको प्रक्रियाले घटनाक्रम दोहरिरहेको हुँदा पार्टी जीवन असहज बनिरहेको आभाष देखिन्छ ।

हामी मार्क्सवादी जीवन दर्शन, पद्धति र मान्यतालाई आत्मासात गर्ने कम्युनिस्ट पार्टीको सदस्य स्पष्ट र खुला हुन जरुरी छ । छलफल र षडयन्त्र गर्नु हँुदैन । जनताप्रति जिम्मेवार हुन जरुरी छ । यदि यी विषयमा अलमल ग¥यौँ भने हामी सिद्धान्त र विचारबाट विचलन भई च्यूत भएको मानिन्छ । जनताले हामीलाई अस्वीकृत गर्न सक्छ । क्षणिक शक्ति र जनताको अपार शक्तिको महत्व र मुल्य फरक हुन्छ । समस्याको समाधान सकारात्मक परिणामका लागि सहमतिको विधिबाट हुन सक्छ । तर त्यो सधैँ प्रभावकारी हुँदैन । नेकपालाई गतिशील बनाउनुको विकल्प नै छैन । नेतृत्व एकमना होइन सामूहिक निर्णयको प्रक्रियाबाट चल्ने पद्धतिलाई अवलम्बन गर्नुपर्छ । सामूहिक निर्णय व्यक्तिगत जिम्मेवारी हुन्छ । एकमना निर्णयले एकाधिकार र स्वेच्छारिता जन्माउँछ । त्यसैबाट विघटनको शृङ्खला सुरु हुने हुँदा सामूहिक निर्णय व्यक्तिगत जिम्मेवारीको पद्धतिलाई अक्षरशः पालन गर्न जरुरी छ । यसबाट पार्टी र देशको हित हुन्छ भन्ने समयमै बुझौँ । हारे हतकडी जिते संसारको विश्व दृष्टिकोण बोक्ने कम्युनिस्टहरु लोभ, लालच र स्वार्थको संसारमा रमाउनु हुन्न भन्ने अन्तरआत्माको केन्द्रमा राखेर त्याग गर्न सकेको खण्डमा समस्याको समाधन सहज हुन्छ भन्ने चेतनालाई आत्मासात गरौँ । कोभिड सङ्क्रमणको खतराबीच दसैँ मानिरहेका समस्त नेपालीमा आफू सुरक्षित रहौँ, अरूलाई सहयोग गरौँ, कोरोनाबाट बचौँ, बडादसैँ २०७७ को उपलक्ष्यमा हार्दिक शुभकामना ।   

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.