दशैंमा के खाने – कसरी खाने ?
हिन्दू धर्मावलम्बीहरुको महान चार्ड बडादशैैं लागिसकेको छ । यो चाँडको धार्मिक पक्ष र महत्त्व आफ्नै ठाउँमा छ, त्योभन्दा ठूलो यसको साँस्कृति पक्ष पनि छ, जसले गर्दा दशैं हिन्दूहरुको मात्र नभई गैर हिन्दूहरुको लागि पनि एउटा महत्त्वपूर्ण चाडको रुपमा मानिँदै र स्थापिँद हुँदै आएको छ । खासगरी दशैं आफन्तहरु संग भेटघाट गर्ने, मान्यजनहरुबाट टीका र आशिर्वाद ग्रहण गर्ने एउटा महत्त्वपूर्ण अवसर पनि होे । त्यसबाहेक, दुखजिलो गरेर भए पनि मीठो मसिनो खाने चाडको रुपमा लामो समयदेखि स्थापित परम्परा पनि हो दशैं ।
दशैं संगसगै हाम्रो खानपानमा पनि परिवर्तन आउँदछ । चाडपर्वको खुसीको माहोलमा विभिन्न परिकारहरु पकाइने खाने गरिन्छ । सामान्यतः वर्षदिनभरि जे जस्तो भए पनि यो चाडको अवसरमा सबैको घरमा गच्छेअनुसार मीठोमसिनो पाक्ने, विशेषतः मासुजन्य परिकारहरु बन्ने र अरुबेलाभन्दा बढी नै त्यस्ता परिकारहरु खाने प्रचलन हुन्छ । तर त्यसरी बदलिएको खानपानले हाम्रो शरीरमा विभिन्न असर पुर्याउन सक्दछ । विशेष गरी दीर्घरोग (Chronic Diseases) भएका व्यक्तिहरुमा दशैंमा हुने बदलिँदो खानपानले जोखिम बढाउन सक्दछ । त्यसैले दशैंको नाममा गरिने अनियन्त्रित खानपानले निम्त्याउने स्वास्थ्य समस्यालाई दृष्टिगत गर्दै दीर्घरोगीहरुले मात्रै हैन, स्वस्थ व्यक्तिहरुले पनि आफ्नो खानपान शैलीमा विशेष ध्यान दिनु पर्दछ ।
दशैंमा हामी कस्तो जीवनशैली अपनाइरहेका छौं त?
दशैं यस्तो चाड हो जसमा अरुबेला भन्दा मासुको प्रयोग अत्याधिक हुन्छ । मासु आफैंमा बोसो अत्यधिक हुने चिप्लो खानेकुरा त हुँदै हो, त्यसमाथि थप यस बेला तेलमा लपक्क पारेर अथवा अत्यधिक मात्रामा तेलको प्रयोग गरी खानेकुराहरु पकाइन्छ । साथसाथै रमाइलोको लागि जाँडरक्सीको सेवन गरिन्छ । जिब्रोका लागि स्वादिलो र मिठो तर अस्वस्थकर खानाको प्रयोग बढी गरिन्छ । यस्तो खानपान शैलीले स्वस्थमा नराम्रो असर पुर्याउँदछ ।
दशैंमा के खाने ? “दशैंमा मासु खाने” — मासु बिना दशैं अधुरो मानिन्छ । दशैं यस्तो चाड हो जसमा अरुबेला भन्दा मासुको प्रयोग अत्याधिक हुन्छ । मासु आफैंमा बोसो अत्यधिक हुने चिप्लो खानेकुरा त हुँदै हो, त्यसमाथि थप यस बेला तेलमा लपक्क पारेर अथवा अत्यधिक मात्रामा तेलको प्रयोग गरी खानेकुराहरु पकाइन्छ । साथसाथै रमाइलोको लागि जाँडरक्सीको सेवन गरिन्छ । जिब्रोका लागि स्वादिलो र मिठो तर अस्वस्थकर खानाको प्रयोग बढी गरिन्छ । यस्तो खानपान शैलीले स्वस्थमा नराम्रो असर पुर्याउँदछ ।
हामी अस्वस्थकर खाना खाने मात्र नभएर खाना पकाउने शैली नै पनि गलत अपनाइरहेका हुन्छौं । मासु पकाउँदा स्वादका हिसाबले रोष्ट वा बारविक्यू गरी पकाउने चलन चर्चित छ । यस्तो शैलिमा मासु तयार गर्दा क्यान्सर गराउने पदार्थहरु (Carcinogenic Substances) को उत्पादन हुने जोखिम हुन्छ ।
चार्डपर्वको नाममा दौनिक अत्याधिक मात्रामा मासु खाँदा बाथ रोग भएका विरामीहरुमा अझ समस्याको जटिलता बढ्ने जोखिम हुन्छ । चार्डपर्वमा एक पटक प्रयोग गरिएको तेल बारम्बार प्रयोग गर्ने पनि चलन छ । यसो गर्दा नराम्रो चिल्लो (Transfat) को उत्पादन हुन्छ र सोको प्रयोगले स्वस्थमा नकारात्मक असर पुर्याउँदछ ।
चाडपर्वमा शरीरको लागि आवश्यकभन्दा अत्यधिक बढी मात्रामा खानेकुराहरु खाइन्छ । सामान्यतः यो बेला हुने जमघटले गर्दा खानेकुराको दिनचर्यामा भारी फेरबदल आउँछ र जतिखेर पायो, त्यतिखेर खाने प्रचलन बढ्छ । यसरी एउटा नियमित दिनचर्याभन्दा फरक ढंगले जथाभावी खाने गर्दा पाचनप्रणाली सम्बन्धी समस्या, अपच, पखालाको जोखिम बढदछ ।
चाडपर्वमा शरीरको लागि आवश्यकभन्दा अत्यधिक बढी मात्रामा खानेकुराहरु खाइन्छ । सामान्यतः यो बेला हुने जमघटले गर्दा खानेकुराको दिनचर्यामा भारी फेरबदल आउँछ र जतिखेर पायो, त्यतिखेर खाने प्रचलन बढ्छ । यसरी एउटा नियमित दिनचर्याभन्दा फरक ढंगले जथाभावी खाने गर्दा पाचनप्रणाली सम्बन्धी समस्या, अपच, पखालाको जोखिम बढदछ । बढी मात्रामा नून, तेल र चिसो पेयको अत्यधिक सेवनसँगै चिनीको पनि प्रयोग हुन्छ जसले गर्दा रक्तचाप, मधुमेह, मुटु रोगका बिरामीहरुमा नकारात्मक असर पुर्याउँदछ । सिसिको अचारको अत्याधिक प्रयोग, कार्बोनेटेड् पेय पदार्थको प्रयोगले रक्तचाप, मधुमेह, ग्यासट्राइटिसको जटिलता बढाँउदछ । माछा–मासुको अत्याधिक प्रयोगले शरिरमा अम्लीयपना बढाउँदछ । माछा मासु भनेको रेसा नभएको खानेकुरा हो । दशैंमा बढी मात्रामा मासु खाइने हुनाले कब्जीयतले पनि सताउन सक्छ ।
चाडपर्वमा बासी खानाको पनि प्रयोग बढ्ने हुनाले खानेकुरा संग्रहको उचित व्यवस्थापन हुन सकेन भने विभिन्न संक्रमणको जोखिम बढ्दछ ।
दशैंको वेला कसरी खानुपर्दछ ?
संसारभरि नै मांसहारका बारेमा विवाद उठ्ने गरेको छ । अझ विशेषतः दशैंको बेलामा त नेपालमा पनि यो सवाल उठ्नु कुनै अनौठो कुरा होइन । तर प्रागऐतिहासिक कालदेखि नै मासुको सेवन चल्दै आएको पृष्ठभूमिमा मांसहार गर्दै आएकाहरुले दशैंको बेलामा मासु खानु नराम्रो होइन । तर यसो भन्दै गर्दा दशैं वा चाडपर्वको नाममा यो बेलामा साविकभन्दा बढी, दैनिक मासु खाइने हुनाले “हामीले खाने मात्रा”(Portion Size) मा विशेष ध्यान पुर्याउनु चाहिँ जरुरी छ । दशैंको बेला सामान्यतः मासु छदैछ तरकारी किन पकाउनुपर्यो अथवा दाल किन खानुपर्यो भन्ने भनाइहरु धेरै सुनिन्छ । तर हामीले भुल्नै नहुने कुरा के हो भने मासुले मात्रै हाम्रो शरीरको लागि आवश्यक दैनिक भोजनको आवश्यकता पूर्ति हुन सक्दैन । त्यसैले मासु भएपछि अरु खानेकुराहरु खाइबस्नु जरुरी हुँदैन भनने मानसिकता हटाउनु पर्दछ ।
दशैं वा चाडपर्वको नाममा यो बेलामा साविकभन्दा बढी, दैनिक मासु खाइने हुनाले “हामीले खाने मात्रा”(Portion Size) मा विशेष ध्यान पुर्याउनु चाहिँ जरुरी छ । दशैंको बेला सामान्यतः मासु छदैं छ तरकारी किन पकाउन पर्यो अथवा दाल किन खानु पर्यो भन्ने भनाइहरु धेरै सुनिन्छ । तर हामीले भुल्नै नहुने कुरा के हो भने मासुले मात्रै हाम्रो शरीरको लागि आवश्यक दैनिक भोजनको आवश्यकता पूर्ति हुन सक्दैन । त्यसैले मासु भएपछि अरु खानेकुराहरु खाइबस्नु जरुरी हुँदैन भनने मानसिकता हटाउनु पर्दछ ।
मासु खाँदा राम्रो सित पकाएर खानुपर्दछ । छाला निकालिएको मासुको प्रयोग सबैभन्दा उचित हो । रोग निम्त्याउने किटाणु जनावरको छालामा पनि बढी हुने हुनाले छाला निकालिएको मासुको प्रयोग गरे फित्तेजुका ९त्बउभधयचm० को संक्रमण हुन सक्ने जोखिम कम हुन्छ । त्यसबाहेक, छाला निकालिएको मासुमा बोसोको मात्रा पनि कम हुन्छ । यसको सोझो अर्थ के हो भने अत्यधिक बोसोको सेवनबाट हामी बच्छौं । यसले गर्दा बोसोको अत्यधिक सेवनले स्वास्थमा नकारात्मक असर पर्ने जोखिम स्वतः कम हुन्छ ।
पोषणको दृष्टिले मासु उच्चकोटीको भए तापनि मासुमा पाइने चिल्लो पदार्थ ९ँबत० त्यसको स्रोतअनुसार फरकफरक हुन्छ । सेतो मासु जस्तै (माछा, कुखुरा) भन्दा रातो मासु जस्तो (राँगा, खसी, बोका) मा सेचुरेटेड बोसो बढी हुन्छ, जसले मुटु सम्बन्धी रोगको जोखिम बढाउँदछ । रातो मासुको पनि अत्याधिक प्रयोगले उच्च रक्तचाप र यूरिक एसिड, बाथ भएका व्यक्तिहरुमा जटिलता बढाउन सक्छ ।
त्यसैले मासुको सेवन गर्नेहरुले सागसबजी र फलफूल प्रशस्त मात्रामा खानु पर्छ । दैनिक जीवनका लागि आवश्यक पर्ने पोषणका पूर्ति गर्नका लागि मासु सेवन गर्ने व्यक्तिले दैनिक रुपमा कम्तिमा ४०० ग्राम सागसब्जी र फलफुल खानुपर्दछ । दशैं हो मासु त टन्न खाइन्छ भन्ने मानसिकतालाई हटाई सबै खाद्यान्न समूहबाट सबै किसिमका खानेकुराहरुलाई उचित मात्रामा समावेश गरी सन्तुलित भोजनको प्रयोग गर्नुपर्दछ ।
यसरी बनाउन सकिन्छ सन्तुलित भोजन
हामीले प्रयोग गर्ने थाल अथवा प्लेटको आकार १२ इन्चको छ भने सो प्लेटलाई बराबर चार भाग लगाउनु पर्दछ । सो प्लेटको १÷४ भाग चाहिँ अन्न समूहको खाद्यन्नबाट भर्नुपर्दछ, अर्को १÷४ भाग माछा÷मासु, दाल र दुध तथा दुधजन्य समूहको खाद्यन्नबाट भर्नुपर्दछ र सो प्लेटको बाँकी भाग यानि १÷२ भाग सागसब्जी र फलफुलले समावेश गर्नुपर्छ । यसो गरी सन्तुलित भोजन गर्न सके स्वास्थ्यमा हुने नकारात्मक असर कम गर्न सकिन्छ । त्यसबाहेक, स्वस्थ जीवनका लागि दैनिक कम्तिमा आठ ग्लास पानी पिउनुपर्ने कुरा छ छँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेनले गराए एमालेलाई १ लाख जरिवाना
-
सीडीओ र जिल्ला प्रहरी प्रमुखहरूलाई गृहमन्त्रीको निर्देशन, ‘निर्वाचन सुरक्षालाई सामान्य रूपमा नलिनु’
-
बीआरआईबारे कांग्रेसकै कित्तामा प्रधानमन्त्री ओली
-
किरिया खर्चको रकममा पनि घुस, नायव सुब्बा अख्तियारको नियन्त्रणमा
-
नगराइनकाे नगरसभा नहुँदा शिक्षक तथा कर्मचारीले तलबसमेत पाएनन्
-
नेपाल जलवायु अनुकूलन कोषको सदस्यमा पुनः मनोनीत