बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

गौरमा विशेषज्ञ चिकित्सक तत्काल नियुक्त गर्न माग गर्दै रिले अनशन

आइतबार, ०९ कात्तिक २०७७, १३ : ३२
आइतबार, ०९ कात्तिक २०७७

रौतहट  । रौतहट स्थित जिल्ला अस्पताल गौरमा विशेषज्ञ चिकित्सक नियुक्तिको माग गर्दै आजदेखी रिले अन्सन सुरु गरिएको छ । झन्डै साढे सात लाख जनसंख्या रहेको  जिल्लाको एक मात्र जिल्ला अस्पताल सरकारले तोकेको ९ विशेषज्ञ को दरबन्दी हुँदाहुँदै एक जना मात्र विशेषज्ञ डाक्टरले सेवा दिएर जनताको ज्यानसँग खेलवाड गरेको भन्दै रिल अन्सन सुरु गरिएको हो ।

दरबन्दी अनुसारको ९ वटै  विशेषज्ञ डाक्टर तत्काल जिल्ला अस्पताल रौतहट गौरमा पठाइ सेवा सुचारु गराउन एचपी एस फाउन्डेसनका संयोजक हेमप्रसाद साहको अगुवाइमा एक टोली आइतबार बिहान ११ बजेदेखि अस्पतालको मुलगेटमा रिले अन्सन बसेको छ ।

जनताको स्वास्थ प्रति स्थानीय, प्रदेश तथा संघीय सरकार गम्भीर नभएकालेदवाब स्वरुप आज देखि रिले अन्सन सुरु गरिएको संयोजक साहले बताएका छन् ।

दरबन्दी अनुसारको चिकित्सक हाजिर नभए सम्म प्रत्येक दिन बिहान ११ः०० बजे देखि ४ः०० बजे सम्म जिल्ला अस्पताल गौर को गेटमा रिले अनशन जारी रहने उनको भनाइ छ ।

रौतहट जिल्ला अस्पताल गौरमा ९ जना विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि हाल एकजना डाक्टर कृष्ण साहले मात्र सेवा दिरहेको अन्सनमा सहभागी युवा महमद समसादले जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप