बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

क्यामरुनमा स्कुलमा छिरेर बन्दूकधारीले चलाए गोली, ८ बालबालिकाको मृत्यु

आइतबार, ०९ कात्तिक २०७७, १३ : १२
आइतबार, ०९ कात्तिक २०७७

अफ्रिकी देश क्यामरुनको एक स्कुलमा बन्दूकधारीहरुले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा आठ बालबालिकाको मृत्यु भएको छ । कुम्बास्थित मदर फ्रान्सिस्का इन्टरनेशनल बायोलिंगुअल एकेडेमीमा गोली चल्दा बालबालिकाहरुको ९ देखि १२ वर्षसम्मका ८ बालबालिकाको मृत्यु भएको  प्रहरीले जनाएको छ । त्यस्तै, यस हमलामा १२ भन्दा धेरै बच्चा घाइते भएका छन् ।

घाइतेहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । प्रहरीका अनुसार नौ जना हमलाकारीहरुले मिलेर आक्रमणलाई संभव तुल्याएका हुन् । क्यामरुनी राष्ट्रपति मुसा फती महमतले ट्वीटरमार्फत घटनाको निन्दा गरेका छन् । ‘कुम्बाको प्राथमिक विद्यालयमा बच्चाहरुलाई निशाना बनाउनेगरी भएको क्रुर हमलाको आतङ्क व्यक्त गर्न र दुःख प्रकट गर्न मसँग शब्द नै छैन । यस हमलाको जति निन्दा ग¥यो, त्यति नै कम हुन्छ,’ उनले लेखेका छन् । कुम्बा शहरका सह–प्रान्तिय मन्त्री अली अनौगूका अनुसार आतंकवादीहरुले बच्चालाई देखेपछि कक्षामा गोली चलाउन थाले, त्यसपछि बच्चाहरु ज्यान जोगाउन नजिकैको झ्यालबाट भाग्दै थिए, त्यसक्रममा केही मरे, केही घाइते भए ।

स्रोत : गार्जियन

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप