शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अबुधावीमा नेपाली दम्पत्तीलाई तिम्ल्याहा सन्तान

आइतबार, ०९ कात्तिक २०७७, ११ : ५२
आइतबार, ०९ कात्तिक २०७७

युएईको अबुधावीमा नेपाली दम्पत्तीले तिम्ल्याहा सन्तानलाई जन्म दिएको छ । ३० वर्षीया अलिसा सुवाल र विवेक श्रेष्ठ पहिलोपटक आमाबाबु बनेका हुन् । उनीहरुको आठ वर्षअघि विवाह भएको थियो ।

आईसियुमा ५ साता बसेका आमासहित सबै सन्तान अहिले स्वस्थ अवस्थामा छन्,  उनीहरु अस्पतालबाट घर फर्किइसकेका छन् । कोभिड १९ महामारीका दौरान डाक्टरले तिम्ल्याहा सन्तान जन्मन्छ भनेपछि आफुलाई केही असहज लागेको अलिसाले बताइन् । ‘अप्रिलमा कोभिड १९ को कडाइ उच्च थियो । यतिबेला तीन महिनामा स्क्यान गर्दा जब डाक्टरले चाडैं तिम्ल्याह सन्तान जन्मन्छन् भने तब म कति भयभीत थिए होला, कल्पना गर्नुस्,’ उनले भनिन् । अलिसाका अनुसार उनको नातागोतामा यसअघि तीन अवसरमा जुम्ल्याहा शिशु जन्माएका थिए, तर तिम्ल्याहा सन्तान जन्माउने उनी पहिलो हुन् ।

मेडिअर अस्पतालअन्तर्गत अब्स्टेट्रिक्स र गाइनेकोलोजी विभागका प्रमुख डाक्टर वालिद इल सेर्बिनीका अनुसार सामान्यत ६ हजार ४ सयजना गर्भवती मध्ये एकजनामा मात्रै तिम्ल्याहा सन्तान देखिन्छ ।

अबुदाबीको एक चर्चित रिटेलरमा अलिसाले रिसेप्सनिस्टको काम गर्छिन् । त्यस्तै, उनका श्रीमान् सेक्यूरिटी सुपरभाइजरको काम गर्छन् । अलिसाले गर्भवती भएयता नै घरबाटै काम गर्ने अनुमति पाएकी थिइन् । उनले घरका काम कमै मात्र गर्ने गरेको र धेरै समय आराम गर्ने गरेको बताइन् । डाक्टर इल सेर्विनीका अनुसार सुवालले ३१ आंै हप्तामै तिम्ल्याहा सन्तान जन्माएकी हुन् । ‘उनले ३१ औं हप्तामै बच्चा जन्माइन् । हामीले पहिले यी बच्चाहरुको  दिमाग र फोक्सोलाई परिपक्व बनाउन केही औषधी दिएका थियौं र उनीहरु २९ अगस्टमा जन्मिए,’ सेर्विनीले भनेकी छिन् । यी तीन छोरीहरुको नाम भियाना, अभिलाषा र अरियाना राखिएको छ ।

तीनवटै छोरीहरुको स्याहार गर्न दम्पत्तीलाई निकै चुनौतीपूर्ण छ । त्यसैले उनीहरु नेपाल फर्कने तयारी गर्दैछन् । ‘हामीलाई अहिले चाइल्ड केयर सर्पोट उपलब्ध छैन । तर मेरो कम्पनीले मलाई दुई महिना छुट्टी दिएको छ र श्रीमतील े पनि सुत्केरी बिदा पाएकी छिन् । अहिले अहिले सबै कागजपत्र मिलाएर नेपाल फर्कने योजना बनाइरहेका छौं, जहाँ हाम्रा आमाबाबुले केही बच्चाहरु स्याहार्न सहयोग गर्नुहुन्छ,’ श्रेष्ठले भने । 

गल्फ न्यूज

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप