शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुरको खःमेय् जात्रा सम्पन्न

आइतबार, ०९ कात्तिक २०७७, १० : ४०
आइतबार, ०९ कात्तिक २०७७

बडादशैँको नवौँ दिन महानवमी पर्वका अवसरमा मनाइने भक्तपुरको परम्परागत ऐतिहासिक तथा साँस्कृतिक खःमेय् (रा“गो) जात्रा आज  बिहानै सम्पन्न गरेको छ । कोरोना भाइरसको महामारीले स्थानीयवासीको भीडभाड कम गर्ने उद्देश्यले आज बिहानै जात्रा सम्पन्न गरिएको हो ।

धार्मिक, सा“स्कृतिक, र ऐतिहासिकरूपले अत्यन्त महत्वपूर्ण मानिने खःमेय्लाई महिषासुर दैत्यको प्रतीकका रूपमा मानी जात्रा मनाइने परम्परा रहेको छ । महानवमीको दिन त्रिपुरासुन्दरी प्रकट भई नवदुर्गा भवानीका रूपमा महिषासुरको वध गर्ने प्रचलित धार्मिक लोक मान्यताअनुरूप आज खःमेय् जात्रा मनाउने गरिएको इतिहास तथा संस्कृतिविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले बताए ।
      
नवदुर्गा देवगृहमा राखिएका खःमेय्लाई तान्त्रिक विधिअनुरुप पूजाआजा गरी  नवदुर्गा द्योःछे (देवगृह)बाट बाहिर निकाली दौडाएर ब्राह्मायणी पीठसम्म पुर्याइन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप