शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आँचललाई अष्ट्रेलिया लान फकाउँदै इकु र बले (भिडियो)

आइतबार, ०९ कात्तिक २०७७, ०९ : ५०
आइतबार, ०९ कात्तिक २०७७

काठमाडौं । गायक दिल विश्वकर्माको गीत ‘अष्ट्रेलिया जाउली माया’को म्युजिक भिडियो सार्वजनिक भएको छ । डान्सिङ बिटमा तयार पारिएको गीतले विदेशमा होइन स्वदेशमा केही गर्नुपर्छ भन्ने सन्देश दिन खोजेको छ । 

प्रकाश न्यौपानेको शब्द तथा तिलक बस्नेतको संगीत रहेको गीतमा रमेश सेन्चुरीको संगीत संयोजन रहेको छ । गीतको म्युजिक भिडियोमा आँचल शर्मा, सुलेमान शंकर (इकु) र सागर लम्साल ‘बले’को अभिनय देख्न सकिन्छ ।

सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको भिडियोमा उत्सव दहालको छायाँकन, विकाश दहालको सम्पादन रहेको छ । भिडियोलाई मुस्कान ढकालको निर्देशन गरेका हुन् ।
दशैँको शुभकामना सहित निर्माण टिमले भिडियो सार्वजनिक गरेको हो ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप