शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाभाइरस रोकथामको एउटा अचूक अस्त्र: मास्कको अनिवार्य प्रयोग

अमेरिकी शीर्षस्थ संक्रामक रोग विशेषज्ञ फाउची भन्छन्: मास्कको प्रयोगलाई अनिवार्य गरिनु पर्ने स्थिति आउन सक्छ !
आइतबार, ०९ कात्तिक २०७७, ०५ : ३९
आइतबार, ०९ कात्तिक २०७७

 

 

 

 

कोरोनाभाइरस संक्रमणलाई रुघाखोकीभन्दा कमजोर भाइरस भनिँदै गर्दा अमेरिकामा चाहिँ यसले फेरि उत्पात मच्चाउन थालेको छ । गत शुक्रबार मात्रै त्यहाँ संक्रमणका ८५ हजार नयाँ केसहरु फेला परेका छन् । युरोपका कतिपय देशहरुमा पनि भाइरस संक्रमणको प्रकोप बढ्न थालेका छन् । अब जाडो महिना लाग्दै जाँदा यो भाइरस संक्रमणको प्रकोप झनै खतरनाक बन्दै पो जाने हो कि भन्ने चिन्ताले सताउन थालेको छ ।

यसबीच यो भाइरसको संक्रमण रोक्ने कुनै प्रभावकारी खोप–औषधी बनिसकेको छैन । बनेका औषधी–खोपहरु जतिसुकै फास्टट्र्याकबाट प्रयोगमा ल्याइएपछि त्यसको सम्पूर्ण प्रभावकारिताको आँकलन र मूल्यांकन गर्न कुर्नको विकल्प छैन । यो स्थितिमा कोरोनाभाइसको संक्रमण रोक्न अहिलेसम्मकै सबैभन्दा प्रभावकारी उपाय भनेको जनस्वास्थ्यका नियमहरुको कठोर पालना नै मानिँदै आइएको छ ।

जनस्वास्थ्यका नियमहरु भन्नाले मास्कको अनिवार्य प्रयोग अनि भौतिक दूरीको नियमको पालना मुख्यतः पर्दछ । त्यसबाहेक, नियमित रुपमा साबुन पानीले हात धुनु, साबुन पानीको उपलब्धता नहुँदा स्यानिटाइजरको उपयोग गर्नु पनि पर्दछ ।

भाइरसको प्रकोप, यसले विश्वव्यापी रुपमा जनस्वास्थ्यमा तथा अर्थतन्त्रमा पारिररहेको भयानक असरलाई विचार गर्ने हो भने माथि उल्लिखित जनस्वास्थ्यका नियमहरुको पालना गर्नु कुनै कठिनाइ छैन । तर दुर्भाग्यका कुरा, संसारभरिकै जनसंख्याको ठूलो हिस्साले यो कुरालाई अवज्ञा गरिरहेका छन्, पालना गरिरहेका छैनन् ।

भाइरसको प्रकोप, यसले विश्वव्यापी रुपमा जनस्वास्थ्यमा तथा अर्थतन्त्रमा पारिररहेको भयानक असरलाई विचार गर्ने हो भने माथि उल्लिखित जनस्वास्थ्यका नियमहरुको पालना गर्नु कुनै कठिनाइ छैन । तर दुर्भाग्यका कुरा, संसारभरिकै जनसंख्याको ठूलो हिस्साले यो कुरालाई अवज्ञा गरिरहेका छन्, पालना गरिरहेका छैनन् ।

सबैभन्दा मुख्य कुरा, विश्वका विभिन्न मुलुकका सरकारहरुले यो कुरालाई कठोरतापूर्वक लागू गर्न र पालना गराउन सकेको वा चाहेको छैन । विकल्पमा उनीहरुले एउटै रामवाण सूत्र देखेका छन्– लकडाउन । जुन कुरा लामो समयसम्म लागू गरिँदा आर्थिक–सामाजिक हिसाबले प्रत्युत्पादक हुने साबित भइसकेको छ ।

यस्तो स्थितिमा फेरि पनि कोरोनाभाइरसको संक्रमणलाई रोकथाम एवं नियन्त्रण गर्ने सबैभन्दा मुख्य उपाय भनेकै जनस्वास्थ्यका नियमहरुको पालना नै हो ।

https://dynaimage.cdn.cnn.com

अमेरिकाका शीर्षस्थ संक्रामक रोग विशेषज्ञ एन्थोनी एस. फाउचीले अमेरिकाभरि नै मास्कको प्रयोगलाई अनिवार्य गरिनुपर्ने स्थिति आउन सक्ने बताएका छन् । उनका अनुसार, अहिलेसम्मकै सबैभन्दा जटील र गम्भीर अवस्थामा पुगेको कोरोनाभाइरसको संक्रमणलाई रोक्नका लागि यसो गरिनु जरुरी छ ।

मास्कको प्रयोग अनिवार्य गरिनु जरुरी: फाउची

यो स्थितिमा अमेरिकाका शीर्षस्थ संक्रामक रोग विशेषज्ञ एन्थोनी एस. फाउचीले अमेरिकाभरि नै मास्कको प्रयोगलाई अनिवार्य गरिनुपर्ने स्थिति आउन सक्ने बताएका छन् । उनका अनुसार, अहिलेसम्मकै सबैभन्दा जटील र गम्भीर अवस्थामा पुगेको कोरोनाभाइरसको संक्रमणलाई रोक्नका लागि यसो गरिनु जरुरी छ ।

सिएनएनसँग कुराकानी गर्दै उनले भनेका छन्, त्यसरी मुलुकभरि मास्कको अनिवार्य प्रयोग लागू गर्न कठिन छ । तर स्थिति झनै खराब बन्दै गइरहेको स्थितिमा ‘उक्त नाटकीय उपाय लागू गर्न आफूले सिफारिश गर्न बाध्य हुने’ पनि उल्लेख गरेका छन् ।

कोरोनाभाइरसको संक्रमणलाई रोकथाम गर्नका लागि सबैले एक भएर यो उपायलाई अपनाउनु नै सबैभन्दा उत्तम उपाय हुने उनले उल्लेख गरेका छन् ।

त्यसो त महामारी फैलिँदै जाँदा अमेरिकाका थुप्रै राज्यहरुले मास्कको प्रयोगलाई लागू गरिरहेका छन् । उनीहरुले घरभित्र वा बाहिर कुन अवस्थामा कसरी मास्कको प्रयोग गर्ने भन्नेबारे निर्देशिका नै पनि जारी गरेका छन् ।

तर अमेरिकाकै कतिपय राज्यहरुले चाहिँ मास्कको अनिवार्य प्रयोगको आदेश जारी गर्न मानेका छैनन् । अरु त अरु ट्रम्प प्रशासनको हेडक्वार्टर पनि यो कुरामा बेलाबेलामा बाधक देखिँदै आएका छन् । गत महिनामात्रै अमेरिकाका सेन्टर्स फर डिजिज कन्ट्रोल (सिडिसी)ले तयार गरेको सार्वजनिक सवारी साधनहरुमा मास्कको अनिवार्य प्रयोगको आदेशलाई ह्वाइटहाउसले अवरोध गरेका थिए ।

तर पछिल्लो पटक दर्जनौं राज्यहरुमा कोरोनाभाइरसको संक्रमण गम्भीर रुपमा बढ्दै र फैलिँदै गएको स्थितिमा, डा. फाउचीले अझ बढी संयोजित र राष्ट्रव्यापी दृष्टिकोणको खाँचो औंल्याएका छन् ।

‘मैले तर्कहरु सुन्ने गरेको छु– तपाईं मास्कलाई अनिवार्य बनाउनु हुन्छ भने, त्यसलाई जसरी पनि लागू गर्नुपर्यो र यसले झनै बढी समस्या जन्माउन पनि सक्छ,’ उनले भनेका छन्, ‘यो स्थितिमा मानिसहरुले मास्क लगाउँदैनन् भने हामीले यसलाई अनिवार्य गर्नैपर्ने स्थिति आउन पनि सक्छ ।’

द न्यूयोर्क टाइम्स, सीएनएन

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप