बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कोरोना निको हुनेको संख्या १ लाख ८ हजार ३३४ पुग्यो, सक्रिय संक्रमित ४६ हजार ५७

शनिबार, ०८ कात्तिक २०७७, १६ : २१
शनिबार, ०८ कात्तिक २०७७

बितको २४ घण्टामा नेपालमा थप २ हजार २२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा महिला ७७९ र पुरुष १ हजार ४४६ जना रहेका छन् । 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबारको अद्यावधिक विवरणअनुसार पछिल्लो २४ घण्टामा २ हजार ८४६ जना संक्रमणमुक्त भएका छन् । यससँगै देशभर कोरोना निको हुनेको संख्या १ लाख ८ हजार ३३४ पुगेको छ । यस्तै देशभर कुल १ लाख ५५ हजार २३३ जनामा संक्रमण पुष्टि भएकोमा अब सक्रिय संक्रमित ४६ हजार ५७ जना रहेका छन् । 

पछिल्लो २४ घण्टामा १३ हजार ८४६ जनाको पीसीआर परीक्षण भएको छ । 
यसैबीच पछिल्लो २४ घण्टामा थप १३ जनाको मृत्यु भएसँगै हालसम्म मृतकको कुल संख्या ८४२ पुगेको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप