शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अमेरिकाले भन्यो– चीनको आक्रामक व्यवहारका कारण भारतसँग मिल्नु महत्त्वपूर्ण

शनिबार, ०८ कात्तिक २०७७, १६ : १२
शनिबार, ०८ कात्तिक २०७७

अमेरिकी सरकारका एक अधिकारीले हिमालयदेखि दक्षिण चीन सागरसम्म इन्डो–प्यासिफिक क्षेत्रमा चीनको बढ्दो आक्रामक व्यवहार नियाल्दै भारतजस्ता सहयोगीसँग मिलेर काम गर्नु महत्त्वपूर्ण रहेको बताएका छन् । क्वाडको विस्तार गर्ने योजना तत्कालै नरहेको पनि यी अधिकारीले बताएका छन् । 
इन्डो–प्यासिफिक क्षेत्रमा चीनको बढ्दो प्रभावलाई चुनौती दिन अमेरिका,जापान, भारत र अस्टे«लियाले मिलेर क्वाड गठन गरेका हुन् । अमेरिकी अधिकारीले भनेका छन्,‘क्वाड शिखर सम्मेलनबारे अहिले कुनै योजना बनेको छैन । तर भविष्यमा जे पनि हुनसक्छ ।’
अमेरिकी विदेशमन्त्री माइक पोम्पियो र रक्षामन्त्री मार्क ईस्पर आगामी साता भारत भ्रमणमा आउने तय भइसकेको अवस्थामा अमेरिकी सरकारका अधिकारीको यो भनाइ बाहिरिएको हो । विदेशमन्त्री पोम्पियो तेस्रोपटक भारत आउन लागेका हुन् । झन्डै एक महिनाभन्दा कम अवधिमा उनी दोस्रोपटक एशिया भ्रमणमा आउन लागेका हुन् । भारतबाहेक उनी माल्दिभ्स, श्रीलंका र इन्डोनेशियाको भ्रमणमा पनि हुनेछन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप