केन्द्रीय संस्करण

सरिफलाई पाकिस्तान फिर्ता गर्न बेलायती प्रधानमन्त्रीसँग वार्ता गरिने

person explore access_timeकात्तिक ८, २०७७ chat_bubble_outline0

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पाकिस्तानको राजनीतिक दल पाकिस्तान मुस्लिम लिग– नवाजका नेता नवाज सरिफलाई स्वदेश फिर्ता गर्ने बारेमा बेलायतका प्रधानमन्त्रीसँग वार्ता गरिने बताएका छन् ।

उनले पाकिस्तानको एक सञ्चारमाध्यमलाई शुक्रबार दिएको अन्तर्वार्ताका क्रममा सो कुरा बताएका हुन् । उनले सो अन्तर्वार्तामा भनेका छन्– नवाजलाई स्वदेश फिर्ता गर्ने विषयमा पाकिस्तानका प्रधानमन्त्री वोरिस जोनसनसँग वार्ता पनि गर्न सकिन्छ, त्यसका लागि हामीले सोचिरहेका पनि छौँ ।

उनले तर नवाज सरिफलाई लन्डनबाट पाकिस्तान फिर्ता गर्ने काम भने निकै बिलम्ब हुनसक्ने बताएका थिए । त्यस अन्तर्वार्तामा उनले भनेका छन्– हुनत यो प्रक्रिया लामो पनि हुनसक्छ, तर पनि आवश्यक प¥यो भने हामी वार्ता गर्नेछौँ र हामी बेलायतका सरकारी अधिकारीहरुसँग निरन्तर रुपमा सम्पर्कमा नै रहेका छौँ ।

पाकिस्तान सरकारले पाकिस्तानका नेता नवाज सरिफलाई पक्राउ गर्ने तयारी गरिरहेको बताएको थियो । तर नेता सरिफ भने हाल लन्डनमा बस्दै आएका छन्। हामीले आवश्यक परेमा उनलाई स्वदेश फर्काउने बारेमा आवश्यक मात्रामा वार्ता गर्ने छौँ, आवश्यक प¥यो भने म आफै नै पनि त्यहाँ गएर प्रधानमन्त्री जोनसनसँग वार्ता गर्न सक्छु ।

तर हालैमात्र बेलायतले भने पाकिस्तानको आन्तरिक राजनीतिमा आफू कुनै पनि प्रकारले संलग्न नहुने बताएको थियो । पाकिस्तानका अधिकारीहरुले यो प्रतिक्रिया दिएको केही दिनभित्र नै पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भने आफूले बेलायत सरकारसँग वार्ता गर्ने धारणा सार्वजनिक गरेका हुन्।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.