केन्द्रीय संस्करण

मुम्बईमा हाइफ्रोफाइल सेक्स र्‍याकेट : पाँच तारे होटलबाट टेलिभिजनकी दुई अभिनेत्री पक्राउ

person explore access_timeकात्तिक ८, २०७७ chat_bubble_outline0

मुम्बईको एक पाँच तारे होटलमा हाइप्रोफाइल सेक्स र्‍याकेटको भन्डाफोर भएको छ । रिपोर्टका अनुसार मुम्बई प्रहरीले छापामारेर तीन महिलालाई हिरासतमा लिएको छ । यसमध्ये बलिउडकी अन्तर्राष्ट्रिय ब्याले डान्सर र बाँकी दुई टिभीकी अभिनेत्री भएको दाबी गरिएको छ ।

न्यूज १८ को समाचारका अनुसार ब्याले डान्सरमाथि बलिउड र टिभी जगतकी अभिनेत्रीहरुलाई देह व्यापारमा ल्याएको आरोप छ । रिपोर्टमा ती ब्याले डान्सरले उनीहरुलाई ठूला ठूला होटलमा देह व्यापारका लागि पठाउने गर्थिन् । यसका लागि उनले १० लाख रुपैयाँसम्म लिने गरेकी थिइन् ।

कथित रुपमा शुक्रबार साँझ क्राइम ब्रान्चको एक टोली नक्कली ग्राहक बनेर गोरेगाव स्थित पाँच तारे होटलमा पुगेका थिए । उनीहरु सेक्स र्‍याकेटका सदस्यहरुसँग भेटेका थिए ।

देहव्यापारको प्रमाण पाएपछि प्रहरीले त्यहाँ छापा मारेको थियो ।

दैनिक भास्कर

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.