केन्द्रीय संस्करण

भारतमा लगातार दोस्रो दिन नयाँ संक्रमितको संख्यामा कमी

person explore access_timeकात्तिक ८, २०७७ chat_bubble_outline0
फाइल तस्विर

भारतमा लगातार दोस्रो दिन नयाँ सक्रमितको संख्यामा कमी आएको छ । पछिल्लो दिन भारतमा ५३ हजार ९३५ जना नयाँ संक्रमित फेला परेका छन् । २१ अक्टुबरमा ५६ हजार २६४ जना संक्रमित थपिएका थिए भने २२ अक्टुबरमा ५४ हजार ३६७ संक्रमित फेला परेका थिए ।

देशमा सक्रिय संक्रमितको संख्या ६ लाख ८० हजार ८०१ पुगेको छ । कूल संक्रमितको संख्या ७८ लाख १३ हजार ६६८ रहेको छ । यसमध्ये ७० लाख १३ हजार ५६९ संक्रमित निको भएका छन् ।

इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चका अनुसार २३ अक्टुबरसम्म भारतमा १० करोड १३ लाख ८२ हजार ५६४ जनाको परीक्षण भएको छ । शुक्रबार १२ लाख ६९ हजार ४७९ जनाको परीक्षण गरिएको थियो ।


 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.