मुटुको शल्यक्रियापछि कपिल देवको अवस्था स्थिर
छाती दुखेर दिल्लीस्थित अस्पताल पुगेका भारतका लिजेन्डरी क्रिकेटर कपिल देवको मुटुको शल्यक्रिया गरिएको छ । अस्पतालद्वारा जारी विज्ञप्तिमा ६१ वर्षीय देवलाई शुक्रबार अस्पताल भर्ना गरिएको र अहिले उनको अवस्था स्थिर रहेको जानकारी दिइएको छ ।
देव सन् १९८३ को विश्वविजेता भारतीय टोलीका कप्तान थिए । उनलाई सन् २००२ मा विस्डेनले शताब्दीको भारतीय क्रिकेटरको उपाधि दिएको थियो । मध्यक्रमका ब्याट्सम्यान र फास्टबलर रहेका देवलाई क्रिकेटका महान् अलराउन्डरमध्ये एक मानिन्छ ।
उनले टेस्ट क्रिकेटमा ४ सयभन्दा बढी विकेट लिनुका साथै ५ हजारभन्दा बढी रन बनाएका छन् । उनले टेस्ट क्रिकेटमा ४३४ विकेट लिएका छन् भने एक दिवसीय खेलमा २५३ विकेट लिएका छन् ।
टेस्ट क्रिकेटमा उनले ८ शतक र २७ अर्धशतकसहित ५ हजार २४८ रन बनाएका छन् भने एक दिवसीय खेलमा उनले ३ हजार ७८३ रन बनाएका छन् । उनको सर्वोच्च स्कोर १७३ रनको रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषधको मुद्दा लागेर फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै