शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दसैँमा धेरै गुन्जने १० गीत (भिडियोसहित)

शनिबार, ०८ कात्तिक २०७७, ०९ : १२
शनिबार, ०८ कात्तिक २०७७

काठमाडौँ । नेपाली साङ्गीतिक बजारमा थुप्रै गीतसङ्गीत छन् । हरके वर्ष पर्व विशेष गीतसङ्गीत समेत भित्रिने गरेका छन् । यो दसैँमा पनि थुप्रै नयाँ दसैँ विशेष गीतसङ्गीत बजारमा आएका छन् । आउने क्रमसमेत जारी छ । तर पनि हरेक वर्षको दसैँमा केही पुराना गीतसङ्गीतले भने सबैभन्दा धेरै प्रथामिकता पाउने गरेको छन् । तीमध्ये पाँच गीतको चर्चा यहाँ गर्न खोजिएको छ । 

दसैँ नै हो कि 
गायक योगेश्वर अमात्यको स्वर रहेको ‘दसैँ नै हो कि यो मरो दशा’ बोलको गीतले हरेक वर्षको दसैँमा चारैतिर प्राथमिकता पाउने गरेको छ । सञ्चार माध्यममा समेत धेरै बज्ने यो गीत पप रक शैलीमा तयार गरिएको छ ।
बालबच्चादेखि बुढापाकासम्मले यो गीतलाई रुचाएको पाइन्छ । प्रायः बुढापाकाहरुले पप रक शैलीका गीतहरु मन पराउँदैनन् । तर यो गीतमा भएका शब्दले उनीहरुलाई समेत तानेको छ ।

फौजीलाई कुन हो दसैँ 
सशस्त्र प्रहरी बल (एपीएफ)ले निर्माण गरेको यो गीत पनि हरेक वर्षको दसैँमा अत्यधिक गुन्जिने गीतहरुको सूचीमा पर्दछ । दीपक कोइरालाको शब्द, गैरे सुरेशको सङ्गीत तथा जगदीश समालको स्वर रहेको यो गीत राष्ट्रसेवक कर्मचारीप्रति पूर्णरुपमा समर्पित छ । गीत एपीएफले निर्माण गरेको हो ।

दसैँ आयो 
फिल्म ‘मुग्लान’मा रहेको यो गीतको चर्चा हरेक वर्ष हुने गर्दछ । लोकनाथ सापकोटाको शब्द, सुरेश अधिकारीको सङ्गीत रहेको गीतमा उदीत नारायण झा, दीपा नारायण झा, नारायण लामा, जुना प्रसाईं लगायतको स्वर रहेको छ ।

धानकै बाला 
सशस्त्र प्रहरी बल (एपीएफ)ले निर्माण गरेको यो गीत पनि हरेक वर्षको दसैँमा धेरै बज्ने गर्छ । गीत जयनन्द लामाले गाउनु भएको हो । गीतमा लामाकै शब्द तथा सङ्गीत रहेको छ । गायिकामा लामालाई बलराम कार्की, सरिता लामा र बाबा बस्नेतले साथ दिएका छन् । एपीएफले यही गीतको भाकालाई दसैँ विशेष शब्दको मिश्रण गरेर केही परिमार्जनसहित प्रस्तुत गरेको हो । यो गीत पनि हरेक दसैँमा राष्ट्रसेवक कर्मचारीले मात्रै होइन तिनका परिवारले समेत सम्झने गर्दछन् ।

रातो टीका निधारमा 
फिल्म ‘अल्लारे’मा समावेश गीत ‘रातो टीका निधारमा’ पनि दसैँमा धेरै गुन्जने फिल्ममध्यको एक हो । उमेश पाण्डे र रमाना श्रेष्ठको स्वर रहेको गीतमा शम्भुजित बाँस्कोटाको सङ्गीत र सहदेव ढुङ्गानाको शब्द रहेको छ । 

दसैँ तिहार 
गायक सुगम पोखरेलको ‘दसैँ तिहार’ बोलको गीत पनि दसैँमा धेरै बज्ने गर्दछ । गीतमा रवि श्रेष्ठको शब्द र गायक पोखरेलकै सङ्गीत रहेको छ । गीतको भिडियो पनि बनेको भिडियोमा निरज, सञ्जीव, कुशल, अस्मिता, सुजित लगायतको अभिनय देख्न सकिन्छ । गीतमा दसैँ तिहार दुवैको विषय समेटिएको छ । 

फेरि आयो दसैँ र तिहार 
लोक गायिका विष्णु माझी, गायक खुमन अधिकारी र सुरेन्द्र मान अधिकारीको स्वर रहेको ‘फेरि आयो दसैँ र तिहार’ बोलको गीत पनि प्रत्येक दसैँमा धेरै सुनिने गीत हो । परेदशमा रहेका श्रीमान दसैँमा घर नफर्कंदा श्रीमतीले गर्ने गुनासा समेटिएको गीतमा शब्द तथा सङ्गीत सुरेन्द्रमान अधिकारीको रहेको छ । यो गीतको भिडियोमा सिरु विष्ट र दीपक त्रिपाठीको अभिनय देख्न सकिन्छ ।

रुमालै छ चिनो 
लोकदोहोरी ‘रुमालै छ चिनो’ पनि दसैँमा धेरै बज्ने गीत हो । रेशम थापा, उद्धव कार्की, सीता थापा र गीता कोइरालाको स्वर रहेको छ । गीत परदेश रहेको व्यक्तिले दसैँमा घरमा आउन नपाउँदाको वेदना व्यक्त गरेका छन् ।

यसपालिको दसैँमा ठुल्दाइ 
गायक बादल प्रसाईंको स्वर रहेको गीत ‘यसपालिको दसैँमा ठुल्दाइ आउने रे’गीत पनि दसैँमा चारैतिर बजेको सुन्न पाइन्छ । कुल पोखरेलको शब्द सङ्गीत रहेको गीतको एरेन्ज सञ्जीव बराइलीले गरेका हुन् । 

घर घरमा आयो दसैँ 
गायक लोक पौडेल र गायिक टीका प्रसाईंको स्वर रहेको ‘दसैँ आयो’ गीत पनि दसैँमा धेरै बज्ने गीतमध्ये एक हो । हरि उप्रेतीको शब्द तथा विकास चौधरीको सङ्गीत रहेको गीतको भिडियोमा भने रीमा विश्वकर्मा र दिक्पाल कार्कीको अभिनय देख्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप