केन्द्रीय संस्करण

एउटा चुम्बनको दृश्यले १० वर्षसम्म रोकिएको थियो रेखाको यो फिल्म

person explore access_timeकात्तिक ८, २०७७ chat_bubble_outline0

एजेन्सी – बलिउड फिल्म उद्योगको वर्तमान अवस्थामा निकै परिवर्तन आइसकेको छ । आजभोलि कुनै पनि फिल्म हिट बनाउनको लागि फिल्ममा बोल्ड गित वा बोल्ड सीन जरुरी नै भएको छ । तर, बलिउडमा पनि कुनै समय यस्तो थियो जतिबेला एउटा चुम्बनको दृश्यले फिल्म नै रोकिन्थ्यो । 

यसैबीच, बलिउडकी सबैभन्दा सुन्दर र सदाबहार अभिनेत्री रेखाले एउटा फिल्ममा दिएको बोल्ड सीनका कारण सबै आश्चर्यमा परेका थिए । उनले दिएको सीनका कारण फिल्ममाथि सेन्सरसीप लागेको थियो । 

सन् १९६९ मा रेखाले फिल्म ‘अंजाना सफर’ मा मुख्य भूमिका निभाएकी थिइन् । उनीसँगै भूमिकामा थिए बिस्वजीत । फिल्मको एउटा सीनमा रेखाले बिस्वजीतलाई चुम्बन गरेकी थिइन् । जसको कारण रेखा निकै चर्चामा आइन् । र उक्त सीनका कारण फिल्ममाथि सेन्सर बोर्डमा मुद्दा दर्ता भयो । र फिल्म रिलीज  भएन । त्यसपछि फिल्म १० वर्षपछि मात्रै सन् १९७९ मा रिलीज गरियो । 

फिल्म रिलीज भए पनि निकै झन्झट बेहोर्नुपरेको थियो । फिल्मको नाम ‘अंजाना सफर’ नै सबैभन्दा समस्याको विषयमा बनेको थियो । त्यसैले फिल्मको नाम परिवर्तन गरेर ‘दो खिलाडी’ राखी रिलीज गरिएको छ । 

फिल्म निकै लामो समयपछि रिलीज भएको भए पनि रेखा र विनोद खन्नाका प्रशंसकहरुले उनीहरुको कामको निकै प्रशंसा गरेका थिए । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.