केन्द्रीय संस्करण

रिपब्लिक टिभीका चार पत्रकारबिरुद्ध एफआईआर

person explore access_timeकात्तिक ८, २०७७ chat_bubble_outline0

रिपब्लिक टिभी न्यूज च्यानलका चार पत्रकारविरुद्ध एफआईआर दर्ता गरिएको छ । मुम्बई प्रहरीले कथितरुपमा प्रहरीको बदनाम गरेको मामिलामा च्यानलका चार पत्रकारविरुद्ध एफआईआर दर्ता गरिएको हो । यस मामिलामा प्रतिक्रिया दिँदै रिपब्लिक टिभीले यसलाई ‘मिडियाको अधिकारमाथि हमला’ बताउँदै ‘मजबुत रणनीति’ साथ लड्ने बताएको छ । 

यसअघि टेलिभिजन रेटिङ प्वान्ट (टीआरपी) सँग कथित छेडछाड गरेको मामिलामा पनि रिपब्लिक टिभीको नाम आएको थियो । गत ८ अक्टोबरमा मुम्बई प्रहरीका कमिश्नर परमवीर सिंहले पत्रकार सम्मेलनमा  मुम्बईका केही न्यूज च्यानलले दर्शकलाई पैसा दिएर च्यानलको टीआरपी बढाइरहेको आरोप लगाएका थिए ।

यस मामिलामा रिपब्लिक टिभीसहित महाराष्ट्रका दुई साना च्यानलको नाम आएको थियो । यसमा चार जनालाई पक्राउ पनि गरिएको थियो ।

बीबीसी

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.