शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भिल्लाको विजयी यात्रामा लिड्सको पूर्णविराम

शनिबार, ०८ कात्तिक २०७७, ०८ : ०५
शनिबार, ०८ कात्तिक २०७७

लिड्स युनाइटेडले एस्टन भिल्लाको विजयी यात्रामा पूर्णविराम लगाएको छ । लिड्ससँग ३–० को हार ब्यहोर्दै भिल्लाले प्रिमियर लिगको शीर्ष स्थानमा उक्लने मौका अवसर गुमाएको छ ।

शुक्रबारको खेलअघि भिल्ला सन् १९३०–३१ पछि पहिलोपटक प्रिमियर लिगको शुरुवाती चार खेलमा जीत हासिल गरेको थियो । तर, प्याट्रिक बामफोर्डको ह्याट्रिकले टोलीलाई लगातार पाँचौ जित हासिल गर्नबाट रोक्यो ।

जीतसँगै लिड्स लिगको तेस्रो स्थानमा उक्लिएको छ । लिड्स लिगको यति माथि उक्लेको सन् २००२ को सेप्टेम्बरपछि पहिलोपटक हो ।

१३ अंकसहित एभर्टन लिगको शीर्ष स्थानमा रहेको छ । भिल्ला १२ अंकसहित लिगको दोस्रो स्थानमा छ भने १० अंकसहित लिड्स लिगको तेस्रो स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप