बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना सङ्क्रमणबाट कर्मचारीको मृत्यु

शुक्रबार, ०७ कात्तिक २०७७, १८ : ३८
शुक्रबार, ०७ कात्तिक २०७७

कोरोना सङ्क्रमणका कारण दाङमा आज एक  कर्मचारीको मृत्यु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्दका अनुसार मृत्यु हुनेमा  भूमिसुधार तथा मालपोत कार्यालय, घोराहीमा कार्यरत तुलसीपुर उपमहानगरपालिका १७ दूधरास निवासी ५३ वर्षीय नायब सुब्बा हीराबहादुर डाँगी  छन् ।
उनलाई यही कात्तिक ४ गते  सङ्क्रमण देखिएको र आज श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि कोरोना विशेष  अस्पताल बेलझुण्डी लगिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप