शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुरमा एक महिला मृत फेला

शुक्रबार, ०७ कात्तिक २०७७, १७ : ०५
शुक्रबार, ०७ कात्तिक २०७७

प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा एक महिलाको शव फेला परेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३ स्थित पिडारी पश्चिमवारी टोल तर्पmको सडकमा जमेको हिलोमा गाडिएको अवस्थामा पहिचान खुल्न नसकेको एक महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको हो ।

जनकपुरबाट कुर्था जाने सडकखण्डमा जमेको हिलोमा मृत फेला परेकी महिलाको पहिचान खुल्न नसकेको प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक मकेन्द्र मिश्रले जानकारी दिए । मृत महिलाको घाँटीमा डाम देखिएको र नग्न अवस्थामा शव फेला परेकाले हत्या नै गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए ।

उनले भने, ‘शवको पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै सत्य कुरा बाहिर आउने छ । अहिले मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा ल्याइएको राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप