शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘पियार...घुमाइदेउ पोखरा’मा प्रियंकाको आइटम

शुक्रबार, ०७ कात्तिक २०७७, १७ : ००
शुक्रबार, ०७ कात्तिक २०७७

काठमाडौ । फिल्म ‘तिम्रो मेरो प्रेम कहानी’को गीत ‘पियार...घुमाइदेउ पोखरा’ सार्वजनिक गरिएको छ । दशैंको फूलपातिको अवसर पारेर सार्वजनिक गीतमा अभिनेत्री प्रियंका कार्की आकर्षक नृत्य सहित प्रस्तुत भएकी छन् ।
एजुकेसन एण्ड माइग्रेसन कर्नरको प्रस्तुति रहेको फिल्ममा स्वर मिना निरौलाको रहेको छ । मिनाले यस अगाडि ‘मेल बजार’ बोलको गीत समेत गाएकी थिइन् । 

गीतमा शब्द तथा संगीत रमण गायकको रहेको छ । कÞबिराज गहतराजको नृत्य रहेको गीत दशैंको उपहार स्वरुप प्रस्तुत गरिएको एजुकेशन एण्ड माइग्रेसन कर्नरका सुनील उप्रेतीले बताए ।
नेत्र गुरुङको निर्देशन रहेको फिल्ममा सुरज आरडीको निर्माण रहेको छ । फिल्ममा प्रियंका, सुरजको अलवा सारिका केसीको समेत मुख्य भूमिका छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप