शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

उपत्यकामा थप २७२० जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौंमा मात्रै संक्रमितको संख्या ५४ हजार नाघ्यो

शुक्रबार, ०७ कात्तिक २०७७, १६ : ५२
शुक्रबार, ०७ कात्तिक २०७७

काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा थप २७२० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमा १०९२ महिला र १६२८ पुरुष रहेका छन् । 
मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभर भने ४४९९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । 

यस्तै बितको २४ घण्टामा १६ हजार ८६३ जनाको पीसीआर परीक्षण भएको थियो भने यससँगै हालसम्म कुल पीसीआर परीक्षण १३ लाख ६७ हजार १६ जना पुगेको छ । 
जसमा १ लाख ५३ हजार ८ जनामा पोजेटिभ देखिएकोमा शुक्रबार थप २६६८ जना संक्रमणमुक्त भएसँगै निको हुनेको कुल संख्या १ लाख ५ हजार ४८८ पुगेको छ । 

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ४६ हजार ६९१ रहेको छ भने मृतकको संख्या ८२९ पुगेको छ । 

काठमाडौंमा मात्रै संक्रमितको संख्या ५४ हजार नाघ्यो
मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार काठमाडौंमा मात्रै कोरोना संक्रमितको संख्या ५४ हजार नाघेको छ । मन्त्रालयको तथ्यांकमा उल्लेख छ, ‘जम्मा संक्रमित ५४ हजार २४५, निको हुनेको संख्य ३३ हजार ८६३ र मृतकको संख्या १८६ ।’ यस्तै हालसम्म काठमाडौंमा २० हजार १९६ जना सक्रिय संक्रमित रहेका छन् । 

यसैगरी भक्तपुरमा कुल संक्रमितको संख्या ५ हजार ४८ रहेको छ भने निको हुनेको संख्या ३ हजार ६२९ र मृतकको संख्या ५४ रहेको छ । यस्तै हाल १३ सय ६५ जना सक्रिय संक्रमित रहेका छन् । 
यस्तै ललितपुरमा संक्रमितको संख्या हालसम्म ७ हजार ५६०, निको हुनेको संख्या ४ हजार ९३३ र मृतकको संख्या ५३ रहेको छ । यस्तै सक्रिय संक्रमितको संख्या २ हजार ५७४ रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप