बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

थप ४ हजार ४९९ जना संक्रमित फेला, उपत्यकामा २ हजार ७२० जना थपिए

थप १७ जनाको मृत्यु
शुक्रबार, ०७ कात्तिक २०७७, १६ : ३८
शुक्रबार, ०७ कात्तिक २०७७

पछिल्लो २४ घण्टामा थप ४४९९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यसमध्ये २ हजार ८०९ जना पुरुष तथा १ हजार ६९० जना महिला रहेका छन् । सबैभन्दा बागमती प्रदेशमा ३२२५ जना संक्रमित थपिएका हुन् ।

काठमाडौँ उपत्यकामा मात्र २७२० जना संक्रमित थपिएका छन् । यसमा १ हजार ९२ जना महिला तथा १ हजार ६२८ जना पुरुष रहेका छन् ।

परीक्षण गरिएकामध्ये ११.२ प्रतिशतमा संक्रमण देखिएको छ । नेपालमा हालसम्म १ लाख ५३ हजार ८ जना संक्रमित फेला परिसकेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ४६ हजार ६९१ रहेको छ  ।  नेपालमा हाल २९० जना आइसीयूमा रहेका छन् भने ६९ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

त्यस्तै, १ लाख ५ हजार ४८८ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा २ हजार ६६८ जना निको रहेका छन् । नेपालमा निको हुने दर ६८.९ प्रतिशत रहेको छ । 

पछिल्लो नेपालमा मृत्यु हुनेको संख्या १७ रहेको छ । हालसम्म ८२९ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप