केन्द्रीय संस्करण

गण्डकीमा थप ४२ जनामा कोरोना सङ्क्रमण

person explore access_timeकात्तिक ७, २०७७ chat_bubble_outline0

गण्डकी प्रदेशमा आज बिहानै थप ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार ३०९ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए ।

निर्देशनालयको अद्यावधिक विवरणअनुसार थपिनेमा नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) का २१, बाग्लुङका नौ, म्याग्दीका तीन, तनहुँ, गोरखा र लम्जुङका दुई–दुई, पर्वत, कास्की र स्याङ्जाका एक–एकजना छन् । सङ्क्रमित सबैको आइसोलेसन व्यवस्थापनको तयारी भइरहेको जनाइएको छ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.