शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मुख्यमन्त्री शाहीलाई गुलाबजंग शाहको कारवाही फिर्ता गर्न ओलीको निर्देशन (निर्देशनको पत्रसहित)

शुक्रबार, ०७ कात्तिक २०७७, १५ : ००
शुक्रबार, ०७ कात्तिक २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीका प्रमुख सचेतक गुलावजंग शाहमाथिको कारवाही फिर्ता लिन निर्देशन दिएका छन् । ओलीले शुक्रबार कर्णालीका मुख्यमन्त्री शाहलाई निर्देशनात्मक पत्र पठाउदै शाहलाई पूर्ववत प्रमुख सचेतकको जिम्मेवारीमा स्थापित गर्न निर्देशन दिएका हुन् । 

जवकी शुक्रबार बसेको प्रदेश सभा दलको बैठकले मुख्यमन्त्री शाही विरुद्धको अविस्वास प्रस्ताव बहुमतले अस्वीकार गरिसकेको छ । यो सँगै नेकपा कर्णाली प्रदेशसभा दलको प्रमुख सचेतकमा सीता नेपालीले बैधानिकता पाइसकेकी छन् । 


‘अनुशासित तवरले प्रमुख सचेतकको जिम्मेवारी सम्हालिरहनु भएको र मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्न असहमत रहनुभएका नेपाल कम्युनस्टि पार्टी (नेकपा) प्रदेश सभा दल कर्णालीका प्रमुख सचेतक गुलावजंग शाहमाथि तपाइले गरेको कारवाही फिर्ता लिन र उहाँलाई पूर्ववत प्रमुख सचेतकको जिम्मेवारीमा स्थापित गर्न निर्देशित गर्दछु’, ओलीले कार्तिक ५ गतेको मितिमा लेखेको पत्र मुख्यमन्त्रीलाई शुक्रबार पठाएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप