केन्द्रीय संस्करण

प्रदेश नं १ का आन्तरिक मामिलामन्त्रीलाई कोरोना सङ्क्रमण

person explore access_timeकात्तिक ७, २०७७ chat_bubble_outline0

प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीलाई  कारोना सङ्क्रमण भएको छ ।  मन्त्री कार्कीले कन्टयाक्ट ट्रेसिङका आधारमा बिहीबार स्वाब परीक्षण गरेकोमा आज कोरोना पोजेटिभ पुष्टि भएको उनका निजी सचिव रवि खनालले जानकारी दिए ।

मन्त्री कार्कीले केही दिनदेखि सामान्य रुघाखोकी लागेकाले कन्टयाक्ट ट्रेसिङका आधारमा स्वाव परीक्षण गराएका थिए । उनी अहिले विराटनगरस्थित निवासमा आइशोलेसनमा बसेका छन् ।  मन्त्री कार्कीको स्वास्थ्यावस्था अहिले सामान्य छ ।  उनले आफूसँग सम्पर्कमा रहेका सबैलाई सजग रहन आग्रह गरेका छन् ।

यसैगरी मन्त्री कार्कीका निजी सचिव खनानलाई पनि कोरोना पोजेटिभ देखिएको छ ।  उनी अहिले सुनसरीको धरानस्थित निवासमा आइशोलेशनमा बसेका छन् । उनको स्वास्थ्यावस्था पनि सामान्य  छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.