बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

दलित युवा निरञ्जन रामको हत्याका मुख्य आरोपी पक्राउ

शुक्रबार, ०७ कात्तिक २०७७, १३ : २१
शुक्रबार, ०७ कात्तिक २०७७

रौतहट । रौतहटका निरञ्जन रामको हत्याका मुख्य आरोपी एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गरुडा नगरपालिका–८, जिंगडिया निवासी निरञ्जनको हत्याका मुख्य आरोपी सोही ठाउँका राजगीर साह बनियाँलाई प्रहरीले पक्राउ गरेको हो ।

हत्यापछि फरार रहेका बानियाँलाई आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा प्रहरीले बिहीबार पक्राउ गरेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख एवं डिएसपी रवि रावलले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भईरहेको उनको भनाइ छ ।

पक्राउ परेका साहले सुपारी दिएर निरञ्जनको हत्या गराएको पीडित परिवारको दावी छ । गत साउन ३१ गते राति गाउँभन्दा केही पर दलित समुदायका २० वर्षीय निरञ्जन रामको धारिलो हतियारले घाँटी रेटी हत्या भएको थियो ।

उक्त घटनामा संलग्न रहेको आरोपमा ७ जनालाई प्रहरीले यसअघि नै पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये विजय महरा प्रहरी हिरासतमै बिरामी परेपछि उपचारको लागि नेशनल मेडिकल कलेज वीरगञ्जमा पठाइएकोमा भदौ १० गते राति उनको मृत्यु भएको थियो । उनको मृत्युपछि दलित समुदायले प्रहरीविरुद्ध आन्दोलन थालेका थिए ।

प्रहरीको चरम यातनाका कारण महराको मृत्यु भएको भन्दै आफन्तले लामो समयसम्म विरोध प्रदर्शन गरेका थिए । लगत्तै गृह मन्त्रालयद्वारा उपसचिवको संयोजकत्वमा गठित तीन सदस्यीय छानबिन टोलीले रौतहटका तत्कालीन एसपी रविराज खड्का र गरुडाका प्रहरी प्रमुख एवं डिएसपी ज्ञानकुमार महतोलाई कारबाही गर्न सिफारिस गरेको थियो भने प्रहरी निरीक्षक नविनकुमार सिंह, सई विरेन्द्र यादव सहित ८ जना निलम्बनमा परेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप