मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

२० वर्ष पुगिन् ‘दंगल’ गर्ल जायरा : धर्मका लागि छाडेकी थिइन् अभिनय

शुक्रबार, ०७ कात्तिक २०७७, १३ : ०५
शुक्रबार, ०७ कात्तिक २०७७

मुम्बई । जायरा वसीम २० बर्ष लागेकी छन् । उनको जन्म २३ अक्टुबर, २००० मा भएको थियो । कलिलै उमेरमा बलिउड करियर सुरु गरेकी जायराको डेब्यु फिल्म आमिर खान अभिनित ‘दंगल’ हो । फिल्ममा उनले पहलमान गीत फोगाटको बाल्यकालको भूमिका निर्वाह गरेकी थिइन् । फिल्म सुपरहिट सावित भयो ।

उनको ‘दंगल’ अभिनय समेत धेरैले रुचाए । ‘दंगल’कै कारणले उनले राष्ट्रिय पुरस्कार समेत हात पारिन् । त्यसपछि उनले आमिरकै साथ ‘सीक्रेट सुपरस्टार’ मा काम गरिन् । यो फिल्म पनि हिट भयो ।

फिल्ममा उनले एक मुस्लिम केटीको भुमिका निर्वाह गरेकी थिइन् । यो फिल्मबाट उनको हातमा उत्कृष्ट अभिनेत्रीको अवार्ड समेत पर्यो ।

त्यसपछि उनी अभिनेत्री प्रियंका चोपडासँग फिल्म ‘द स्काई इज पिंक’मा देखिएकी थिइन् । फिल्मको सुटिङ पुरा भएपछि उनले फिल्म उद्योग छोड्ने घोषणा समेत गरिन् ।

फिल्म उद्योग छोड्ने घोषणाको बिषयमा उनले आफू सन्तुष्ट नरहेको लेखेकी थिइन् । उनले अभिनेत्री भएको कारणले आफू इस्लामबाट टाढा हँुदै गएको समेत उल्लेख गरेकी थिइन् । यहि कारणले उनले फिल्म उद्योग पनि छोडिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप