बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

केएमसीमा दशैं बिदामा पनि कोरोना परीक्षण, पीसीआर ल्याब २४ सै घण्टा खुल्ने

शुक्रबार, ०७ कात्तिक २०७७, १२ : २७
शुक्रबार, ०७ कात्तिक २०७७

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले दशैं बिदामा पनि पीसीआर परीक्षण गर्ने भएको छ । धेरैजसो पीसीआर ल्याबहरु दशैंका कारण शुक्रबारबाट बन्द भएको भएपनि केएमसीले भने दशैंको बिदामा पनि कोरोना परीक्षण जारी राखेको हो ।

       कोरोनाको महामारीका बेला पीसीआर परीक्षण रोकिँदा सर्वसाधरणलाई समस्या हुँने भएकाले दशैं विदामा पनि २४ सैं घण्टा पीसीआर ल्याब खुल्ला गर्ने व्यवस्था मिलाइएको काठमाडौं मेडिकल कलेजका अध्यक्ष डा.सुनिल शर्माले बताए । 
‘अहिले जटिल अवस्था भएकाले दशैं बिदामा पनि पीसीआर परीक्षण नियमित गर्ने व्यवस्था मिलाएका छौं,’ डा.शर्माले भने, ‘२४ सैं घण्टा हाम्रो ल्याब खुल्ला हुन्छ । अहिले पनि धमाधम पीसीआर परीक्षण भइरहेको छ ।’ 

       केएमसीको सिनामंगल र दुवाकोटका दुबै अस्पतालबाट स्वाब संकलन गरेर १ हजार ९ सय ९९ मा पीसीआर परीक्षण गरिदै आएको छ । गत असार १४ गतेबाट पीसीआर परीक्षण थालेको केएमसीले हालसम्म ३२ हजार भन्दा बढी स्वाब परीक्षण गरिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप