बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कंगनामाथि अदालतको अवहेलना गरेको आरोप, तीन एफआईआर दर्ता

शुक्रबार, ०७ कात्तिक २०७७, ११ : ५२
शुक्रबार, ०७ कात्तिक २०७७

मुम्बई । अभिनेत्री कंगना रनौतमाथि अदालतको अवहेलना गरेको आरोप लागेको छ । सोही कारणले उनी विरुद्ध मुम्बईको एक अदालतमा एफआइआर दर्ता भएको छ । 
एफआईआरमा उनले अदालतविरुद्ध दुर्भावनापूर्ण तथा अपमानजनक पोष्ट गरेको आरोप लगाइएको छ । 

मुम्बईका वकिल अली काशिफ खान देशमुखले अधेरीको मजिस्ट्रेट कोर्टमा उनी विरुद्धको उजुरी दिएका हुन् । जसमा उनलाई धार्मिक समुदायका बीच विग्रह र मनमुटाव पैदा गरेको आरोप समेत लगाइएको छ ।
देशमुखले उजुरीमा लेखेका छन्, ‘अभिनेत्रीमा देशको विविधता र कानुनको सम्मान छैन । यहाँसम्म पनि उनले अदालतको मजाक समेत उडाउँछिन् । बान्द्र अदालतले एफआईआरको आदेशमा कंगनाले ‘पप्पु सेना’टर्मको प्रयोग गरेर अदालतविरुद्ध दुर्भावनापूर्ण र अपमानजनक ट्वीट गरिन् ।’ यस विषयमा १० नोबेम्बरमा अधेरी अदालतमा सुनुवाई हुनेछ । 

कंगनाको विरुद्ध १० दिनमा तीन एफआईआर दर्ता भएको छ । पहिलो किसानहरुको अपमान गरेको आरोपमा तमुकुर(कर्नाटक)को क्याथासान्द्रा थानामा एफआईआर दर्ता भएको छ । यो एफआइआर वकील एलरमेश नाइकले दर्ता गरेका हुन् । 

अर्काे कास्टिङ निर्देशक तथा फिटनेश ट्रेलर साहिल अशरफ अली सैयदले कंगना तथा उनको बहिनी रंगोलीलाई बलिउडमा धर्मको नामबाट फुटल् याउन खोजेको आरोप रहेको छ ।
दर्ता भएको एफआइआरको विषयमा सोधपुछका लागि मुम्बई पुलिसले कंगनालाई २६ र रंगोलीलाई २७ अक्टुवरमा बोलाएको छ  ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप