फिफा वरियतामा नेपाल यथावत्
विश्व फुटबल महासंघ (फिफा) को वरियतामा नेपालको स्थान यथावत् छ । कोरोना भाइरसको महामारीका कारण कुनै पनि खेल नखेलेका कारण नेपालको वरियतामा फेरबदल नभएको हो ।
फिफाले आज जारी गरेको वरियतामा नेपाल १७०औँ स्थानमा कायमै छ । फिफाले यसअघि वरियताको सूची जारी गर्दा पनि नेपाल उही स्थानमा थियो । कोरोनाका कारण गत वर्ष चैतयता फुटबल प्रतियोगिता हुन पाएको छैन । नेपालले आउँदो महिना भने बङ्गलादेशसित दुई मैत्रीपूर्ण खेल खेल्दैछ ।
दक्षिण एशियाली राष्ट्रका वरियतामा भने नेपाल तेस्रो स्थानमा छ । नेपालभन्दा अगाडि भारत १०८ औंँ स्थानमा छ । यस्तै माल्दिभ्स १५५, भुटान १८९, बङ्गलादेश एक १८७, श्रीलङ्का २०६ तथा पाकिस्तान २०० औंँ स्थानमा छ । विश्व वरियताको शीर्ष स्थानमा भने बेल्जियम कायमै छ । फ्रान्स, ब्राजिल, बेलायत र पोर्चुगल वरियताका क्रमशः दोस्रा, तेस्रा, चौथा र पाँचौँ स्थानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका यी भूभागमा आज पनि चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
अस्पताल परिसरमा इजरायली कारबाही, एक हप्तामा २ सय व्यक्तिको मृत्यु
-
एक वर्षमा ५ हजार १५० वटा गम्भीर प्रकृतिका अपराध
-
एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार २१ परीक्षार्थी अनुपस्थित
-
राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् पदबाट राजीनामा