बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु, अर्का घाइते

बिहीबार, ०६ कात्तिक २०७७, २१ : ३३
बिहीबार, ०६ कात्तिक २०७७

लुम्बिनी । रुपन्देहीमा बिहीबार मोटरसाईकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।

प्रहरी चौकी कालीदहले दिएको जानकारी अनुसार मृत्यु हुनेमा लुम्बिनी सांस्कृतिक नगरपालिका–३, पडरिया निवासी २५ वर्षीय हुसेन मोहम्मद मुसलमानको मृत्यु भएको हो ।

उनले चलाएको लु३७प १८३१ नम्बरको पल्सर मोटरसाईकल लुम्बिनी–कालीदह सडकखण्ड मुहवारी पुलनिर अनियन्त्रित भई पुलको रेलिङ्गमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाईते मुसलमानलाई भीम अस्पताल भैरहवा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

उक्त मोटरसाईकलमा पछाडि सवार सोही ठाउँ बस्ने २० वर्षीय मशुद अहमद मुसलमान घाईते भएका छन् । उनलाई उपचारका लागि भारततिर लगिएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप