बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश १ मा ६३७ सङ्क्रमित थपिए

बिहीबार, ०६ कात्तिक २०७७, २१ : २४
बिहीबार, ०६ कात्तिक २०७७

पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं. १ मा ६३७ जना कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङमा २९९, सुनसरीमा १८०, झापामा ११०, उदयपुरमा १३, इलाममा आठ, ताप्लेजुङमा  छ, संखुवासभामा तीन, खोटाङ र धनकुटामा एकाएक र प्रदेश  बाहिरका १६ जना रहेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । आज सङ्क्रमितमा १९७ जना महिला र ४४० जना पुरुष छन् ।

प्रदेशमा आज ४१८ जनासहित छ हजार ६२५ जना कोरोनामुक्त भएर घर फर्किएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप