शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गैँडाको खाग सहित ‘शिक्षक’ कपनमा पक्राउ

बिहीबार, ०६ कात्तिक २०७७, २१ : २१
बिहीबार, ०६ कात्तिक २०७७

काठमाडौं । भविष्यका कर्णधार मानिने विद्यार्थिलाई असल बन्न सिकाउने पेशा अंगालेका एकजना शिक्षक नै खाग तस्करीमा लागेको पाइएको छ । महानगरीय अपराध महाशाखाले संरक्षित बन्यजन्तु गैँडाको खागसहित काठमाडौंको कपनमा पढाउने शिक्षक राजेन्द्र रिजाललाई पक्रेको छ ।

सुनसरीको इनरुवा नगरपालिका–७ घर भएका ४९ वर्षीय रिजाललाई गैंडाको खाग सहित चुच्चेपाटीबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले रातोपाटीलाई बताए ।

काठमाडौं महानगरपालिका–६ चुच्चेपाटी स्थित पासाङ ल्हामु चोकबाट गैंडाको खाग बेच्न हिँडेको अवस्थामा उनलाई प्रहरीले पक्रेको हो । गैंडाको खाग झापा हुँदै काठमाडौं ल्याएर बेच्न लागेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । 

संरक्षित बन्यजन्तुको अंगको कारोबार गर्नेलाई राष्ट्रिय निकुञ्ज तथा बन्यन्तु संरक्षण ऐन–२०२९ अनुसार कारवाही हुन्छ । शिक्षक रिजाललाई आवश्यक अनुसन्धान र कारवाहीको लागी जिल्ला बन कार्यालय हात्तिसार पठाइएको एसएसपी थापाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप