बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनामुक्त भएनन् रोनाल्डो, बार्सिलोनाविरुद्धको खेल गुमाउने

बिहीबार, ०६ कात्तिक २०७७, २० : ०४
बिहीबार, ०६ कात्तिक २०७७

कोरोना संक्रमणका कारण क्रिस्टियानो रोनाल्डोले बार्सिलोनाविरुद्ध हुने च्याम्पियन्स लिग खेल गुमाउने भएका छन् । नेपाली समयअनुसार आगामी साता (२९ अक्टुुबर) बिहीबार १ बजेर ४५ मिनेट जाँदा युरोपका दुुई ठूला क्लब युभेन्टस्को मैदान एलिनाज रंगशालामा एकआपसमा  भिड्दैछन् ।

अनि युुईएफएको क्लियरेन्स डेडलाईन समाप्त हुँदासम्म रोनाल्डोको रिपोर्ट नेगेटिभ आएको छैन, जसकोे अर्थ उनी बार्सिलोनाविरुद्धको खेल उपस्थित सहभागी हुन पाउने छैनन् । यसअघि समुह चरणमा युुभेन्टस् र बार्सिलोना भिड्ने तय भएलगत्तै रोनाल्डो र लियोनल मेस्सीबीचको प्रतिस्पर्धाका रुपमा यसले चर्चा पाएको थियो । रोनाल्डो रियल म्याड्रिडमा छँदा मेस्सी र उनीमध्ये को उत्कृष्ट भन्ने बहस निकै तातो थियो, २०१८ यता रोनाल्डो युभेन्टस् आए । तर, बहस अझै सेलाएको छैन । तर, अब समर्थकहरुले रोनाल्डो र मेस्सीबीचको खेल हेर्नका लागि दोस्रो लेगको प्रतिस्पर्धा गर्नुपर्नेछ ।

दोस्रो लेग खेल (नेपाली समयअनुसार ९ डिसेम्बरमा) क्याम्प नोउमा हुनेछ । पोर्चुुगलका लागि अन्तर्राष्ट्रिय ड्युटीमा छँदा रोनाल्डोमा पहिलोपटक कोरोना संक्रमण देखिएको थियो र पुन परीक्षण फेरि नतिजा पोजेटिभ नै आएको हो । जसकारण, उनले मैदान छिर्न अझै केही प्रतिक्षा गर्नुपर्ने अवस्था निम्तिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप