बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशका मुख्यमन्त्री पौडेललाई कोरोना संक्रमण पुष्टि

बिहीबार, ०६ कात्तिक २०७७, १९ : ०७
बिहीबार, ०६ कात्तिक २०७७

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । केही समय अगाडिबाट सामान्य रुघाखोकी देखिएपछि होम आइसोलेसनमा बस्दै आएका मुख्यमन्त्री पौडेललाई बिहीबार कोरोना पुष्टि भएको हो । 
मुख्यमन्त्री पौडेललाई कोरोना संक्रमण पुष्टि भएको उनका प्रेस संयोजक  प्रकाश दाहालले सामाजिक संजाल फेसबुक मार्फत सार्वजनिक गरेका छन् ।

दाहालका अनुसार मुख्यमन्त्री पौडेलसँगै उनकी धर्मपत्नी, एक जना सुरक्षाकर्मी, २ जना चालक र एक जना कार्यालय सहयोगीमा पनि बिहीवार कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । केही दिनअघि काठमाडौ आएर हेटौडा फर्केका पौडल लगत्तै अस्वस्थ भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप