शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आयल निगम परिसरभित्रै ट्यांकरमा आगलागी

बिहीबार, ०६ कात्तिक २०७७, १८ : १९
बिहीबार, ०६ कात्तिक २०७७

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ७, भलवारीस्थित नेपाल आयल निगम परिसरमा एउटा ट्यांकरमा आगलागी भएको छ । 
आयल निगमको डिपोभित्र भारतबाट तेल लिएर आएको पेट्रोल ट्यांकरमा बिहीबार दिउँसो आगलागी भएको हो । 

भारतबाट ल्याईएको पेट्रोल डिपोमा चेकजाँच गरिसकेर ट्यांकर स्टार्ट गर्दा अकस्मात ब्याट्री सर्ट भएर आगलागी भएको आयल निगम भवलारीका प्रमुख प्रलयन्कर आयार्यले रातोपाटीलाई बताए । 
पेट्रोल भरिएको लु१ख ८१४५ नम्बरको ट्यांकरमा आगलागी भएको हो । तत्काल नेपाली सेना र त्यहाँ रहेको कर्मचारीहरुको प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो ।

आगलागीबाट ट्यांकरको क्याबिनमा मात्र क्षति भएको उनले बताए । आगो निभाउन निगमको डिपोभित्रै रहेको दमकलको समेत मद्दत लिइएको थियो ।
यसअघि गत सोमबार साँझ भैरहवास्थित एभरेष्ट पेट्रोल पम्प परिसरमै रहेको ट्यांकरमा पनि आगलागी भएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप