बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सिद्धार्थ बैंकद्वारा मनमोहन स्मृति सामुदायिक अस्पताललाई सहयोग

बिहीबार, ०६ कात्तिक २०७७, १७ : ४५
बिहीबार, ०६ कात्तिक २०७७

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले कार्तिक ६ गते बिहीबार फर्पिङ स्थित मनमोहन स्मृति सामुदायिक अस्पताललाई एक लाख ३० हजार रूपैयाँ सहयोग प्रदान गरेको छ । 

सो रकम बैंकका कुमारीपाटी शाखाका हेड अफ सर्कल ज्ञानेन्द्र महर्जनले मनमोहन स्मृति सामुदायिक अस्पतालका कार्यवाहक अध्यक्ष पूर्ण बहादुर शाहीलाई हस्तान्तरण गरे । 

बैंकबाट प्राप्त रकम मनमोहन स्मृति सामुदायिक अस्पतालले बिरामी कुरुवा बेड खरिद गरी कुरुवा मैत्री अस्पताल बनाउनका लागि उपयोग गर्नेछ । 

उक्त सहयोगबाट अस्पतालका बिरामी तथा बिरामी कुरुवालाई केही हदसम्म भए पनि सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले विभिन्न सामाजिक उत्तरदायित्व निर्वाह सम्बन्धि कार्यहरूमा सहभागिता जनाउदै आएको र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिदै जाने छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप