शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँ उपत्यकामा १ हजार ५५२ संक्रमित थपिए

बिहीबार, ०६ कात्तिक २०७७, १६ : ४१
बिहीबार, ०६ कात्तिक २०७७

काठमाडौँ उपत्यकामा थप १ हजार ५५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १२८३, भक्तपुरमा ११२ र ललितपुरमा १५७ जनामा संक्रमण पुष्टि भएको हो ।

देशभर सक्रिय संक्रमितको ४५ हजार नजिक पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबारसम्म सक्रिय संक्रमितको संख्या ४४ हजार ८७७ पुगेको छ । जसमा संस्थागत आइसोलेशनमा १३ हजार ३४९ र होम आइसोलेशनमा ३१ हजार ५३८ जना रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । 

उनले पछिल्लो २४ घण्टामा थप ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको पनि जानकारी दिए । यससँगै कोरोना संक्रमितको कुल संख्या १ लाख ४८ हजार ५०९ पुगेको छ । 

यस्तै पछिल्लो २४ घण्टामा थप ३,२१५  जना कोरोना संक्रमण मुक्त भएका छन् भने यससँगै कोरोना निको हुनेको संख्या १ लाख २ हजार ८२० पुगेको छ।   हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ८१२ पुगेको पनि मन्त्रालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप